लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, श्रावण १७, २०८३
|
|
१४ पटक हेरिएको
Shares
लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

सारांश

  • काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा गएराति लुटपाट गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले आत्मरक्षार्थ गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नागरिकको जीउधनको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि नै खुकुरी प्रहारको प्रयास भएपछि प्रहरीले बाध्य भई बल प्रयोग गरेको हो।
  • सिक्री लुटपाटको घटनामा संलग्न रही फरार रहेका सिन्धुपाल्चोकका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा यो भिडन्त भएको हो।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा गएराति लुटपाट गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले आत्मरक्षार्थ गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नागरिकको जीउधनको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि नै खुकुरी प्रहारको प्रयास भएपछि प्रहरीले बाध्य भई बल प्रयोग गरेको हो।

सिक्री लुटपाटको घटनामा संलग्न रही फरार रहेका सिन्धुपाल्चोकका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा यो भिडन्त भएको हो। प्रहरी टोलीले घेरा हाली नियन्त्रणमा लिन खोज्दा अभियुक्त तामाङले उल्टै धारिलो खुकुरी निकाल्दै प्रहरी टोलीमाथि ज्यान लिने नियतले आक्रमणको प्रयास गरेका थिए। प्रहरीका अनुसार आत्मरक्षाका लागि गोली चलाइएको हो।

गोली लागी घाइते भएका अभियुक्त तामाङको हाल काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा कडा सुरक्षा घेराभित्र उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य र खतरामुक्त रहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तामाङ उपत्यकाका विभिन्न गम्भीर तथा सङ्गठित आपराधिक घटनाहरूमा लामो समयदेखि संलग्न रहँदै आएको प्रहरीले जनाएको छ।

प्रहरीले यो कारबाही  आत्मरक्षा र शान्ति सुरक्षा कायम राख्नका लागि चालिएको स्पष्ट पारेको छ। घटनाको विषयमा थप तथ्यहरू सङ्कलन गर्ने कार्य भइरहेको र उपचार पश्चात् अभियुक्तलाई अदालतमा पेस गरी कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?