मकवानपुरमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, श्रावण १८, २०८३
|
|
५० पटक हेरिएको
Shares
मकवानपुरमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी

सारांश

  • मकवानपुर जिल्लामा पछिल्लो समय “सम्बन्ध विच्छेदका मुद्दा बढेका छन्।
  • जिल्ला अदालत मकवानपुरले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रगति विवरण अनुसार अदालतमा दर्ता भएका देवानी मुद्दामध्ये सबैभन्दा बढी सङ्ख्या सम्बन्ध विच्छेदका रहेका छन्।
  • यस तथ्याङ्कले समाजमा वैवाहिक सम्बन्धहरू कमजोर बन्दै गएको र कानुनी रूपमा अलग हुन चाहने दम्पतीहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखाउँछ।

मकवानपुर जिल्लामा पछिल्लो समय “सम्बन्ध विच्छेदका मुद्दा बढेका छन्। जिल्ला अदालत मकवानपुरले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रगति विवरण अनुसार अदालतमा दर्ता भएका देवानी मुद्दामध्ये सबैभन्दा बढी सङ्ख्या सम्बन्ध विच्छेदका रहेका छन्। यस तथ्याङ्कले समाजमा वैवाहिक सम्बन्धहरू कमजोर बन्दै गएको र कानुनी रूपमा अलग हुन चाहने दम्पतीहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखाउँछ।

जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकका अनुसार गत एक वर्षको अवधिमा मात्रै अदालतमा सम्बन्ध विच्छेदका ८७५ वटा मुद्दा दर्ता भएका छन्। यो सङ्ख्या अदालतमा दर्ता भएका अन्य सबै प्रकृतिका मुद्दाहरूको तुलनामा निकै उच्च हो। दोस्रो स्थानमा रहेको अंश दर्ता चलनका ३०४ वटा मुद्दा छन् भने लागूऔषध सम्बन्धी २३९, लेनदेनका १९२, बैंकिङ कसुरका ११९ र लिखत बदरका ११० वटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा अघि बढेका छन्।

अदालतको अभिलेख अनुसार यस अवधिमा जालसाजी, चोरी, सवारी ज्यान तथा अङ्गभङ्ग र जबर्जस्ती करणीका मुद्दा पनि दर्ता भएका छन्। यसै अवधिमा जालसाजीका ९९, चोरीका ७५, सवारी ज्यान तथा अङ्गभङ्गका ५३ र जबर्जस्ती करणीका ४६ वटा फौजदारी मुद्दा दर्ता भएका छन्। न्याय सम्पादनलाई चुस्त बनाउने प्रयास अन्तर्गत अदालतले गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका कुल दुई हजार ३१५ वटा मुद्दाहरूको सफल फर्स्यौट गरेको सूचना अधिकारी कौशिकले जानकारी दिनुभएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?