बङ्गलादेशमा नेपाली चिकित्सकद्वारा निःशुल्क आँखा शिविर

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१०२ पटक हेरिएको
Shares
बङ्गलादेशमा नेपाली चिकित्सकद्वारा निःशुल्क आँखा शिविर

सारांश

  • नेपाल र बङ्गलादेशबीचको जनस्तर सम्बन्ध तथा स्वास्थ्यलाई थप सुदृढ बनाउँदै बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालित पाँचदिने निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ।
  • नेपाल नेत्रज्योति सङ्घअन्तर्गतको विराटनगर आँखा अस्पताल र ठाकुरगाँव डायबिटिज समितिको संयुक्त आयोजनामा साउन १७ गतेदेखि उक्त शिविर सञ्चालन भइरहेको हो।
  • वरिष्ठ नेत्र विशेषज्ञ डा.

नेपाल र बङ्गलादेशबीचको जनस्तर सम्बन्ध तथा स्वास्थ्यलाई थप सुदृढ बनाउँदै बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालित पाँचदिने निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गतको विराटनगर आँखा अस्पताल र ठाकुरगाँव डायबिटिज समितिको संयुक्त आयोजनामा साउन १७ गतेदेखि उक्त शिविर सञ्चालन भइरहेको हो।

वरिष्ठ नेत्र विशेषज्ञ डा. प्रज्ञा लुइँटेल र डा. गङ्गासागर साहसहित १३ सदस्यीय टोलीले सञ्चालन गरेको यस शिविरको दोस्रो दिनसम्म १ हजार ३६५ जनाको आँखा परीक्षण र १३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भइसकेको छ। भिभा केयर लिमिटेडको समेत सहकार्य रहेको यस मानवीय पहलबाट करिब तीन हजार बङ्गलादेशी नागरिकलाई निःशुल्क परीक्षण, औषधि तथा शल्यक्रिया सेवा दिने लक्ष्य छ।

नेपालमा उपलब्ध आँखा उपचार सेवामा बङ्गलादेशी नागरिकको पहुँच सहज बनाउन दुवै देशका प्रतिनिधिहरूले जोड दिएका छन्। कार्यक्रममा सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्तले ‘भिसा’ प्रक्रियामा सहजता र विराटनगर-सैदपुर सीधा हवाई सेवाको आवश्यकता औँल्याउनुभयो भने नेपाली दूतावासका उपप्रमुख प्रतीक कार्कीले यसले नेपाललाई स्वास्थ्य पर्यटनको गन्तव्य बनाउन सघाउने बताउनुभयो।

नेपाल र बङ्गलादेशबीच समाधान गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि सन् २०२३ देखि नै यस्ता सहकार्य निरन्तर हुँदै आएका छन्।यस सहकार्यले सीमापार आँखा उपचार सेवामा सहयोग पुगेको छ।

नेपाली टोलीको प्राविधिक विशेषज्ञता र उत्कृष्ट सेवाले बङ्गलादेशमा  नेपालको आँखा उपचार सेवाको पहुँच विस्तारमा सहयोग पुगेको छ। यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै नेपालमा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?
यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन
ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
दिसा–पिसाबले च्यापे कहाँ जाने ? सार्वजानिक शौचालय छैन’
इतिहास रच्दै प्रिन्स दाहाल
इतिहास रच्दै प्रिन्स दाहाल
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी
साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा