विराटनगर नाकामा विदेशी पर्यटकको आगमन बढ्यो: गत वर्ष २१० भित्रिए

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१२ पटक हेरिएको
Shares
विराटनगर नाकामा विदेशी पर्यटकको आगमन बढ्यो: गत वर्ष २१० भित्रिए

सारांश

  • पूर्वी नेपालको प्रमुख प्रवेशद्वार विराटनगर नाका हुँदै नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ।
  • अध्यागमन कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारतबाहेकका मुलुकहरूबाट १३६ पुरुष र ७४ महिला गरी कुल २१० जना पर्यटक नेपाल भित्रिएका छन्।
  • नेपालको पर्यटन प्रवर्द्धन र वैदेशिक व्यापार सहजीकरणमा यस नाकाले खेलेको भूमिका महत्त्वपूर्ण बन्दै गएको छ।

पूर्वी नेपालको प्रमुख प्रवेशद्वार विराटनगर नाका हुँदै नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। अध्यागमन कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारतबाहेकका मुलुकहरूबाट १३६ पुरुष र ७४ महिला गरी कुल २१० जना पर्यटक नेपाल भित्रिएका छन्।

नेपालको पर्यटन प्रवर्द्धन र वैदेशिक व्यापार सहजीकरणमा यस नाकाले खेलेको भूमिका महत्त्वपूर्ण बन्दै गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १६८ जना मात्र पर्यटक प्रवेश गरेकोमा समीक्षा वर्षमा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन बढेको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ।

अध्यागमन कार्यालयका प्रवक्ता युवराज पोखरेलका अनुसार पर्यटक आवागमन र भिसा प्रक्रियाबापत गत आर्थिक वर्षमा ८६ लाख ६५ हजार १८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो।

पर्यटक भित्रिने मात्र नभई सोही नाका प्रयोग गरी तेस्रो मुलुकतर्फ जानेको सङ्ख्या पनि बराबर देखिएको छ। उक्त आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेकका अन्य मुलुकतर्फ १५० महिला र १५० पुरुष गरी कुल ३०० जना पर्यटक बाहिरिएका छन्।

नेपाल सरकारको वैदेशिक पर्यटन नीति र सुदृढ सीमा सुरक्षा व्यवस्थापनका कारण यो नाका हुँदै विदेशी पर्यटकको आवागमन बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ। कार्यालयले आगामी दिनमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?