हत्या आरोपमा खड्का पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
हत्या आरोपमा खड्का पक्राउ

सारांश

  • चरिकोट, २० साउन ।
  • कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न गएका विनोद धनुकेलाई हत्या गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटका २२ वर्षीय प्रवीण खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
  • कालिञ्चोक दर्शन गर्न गएका भीमेश्वर नगरपालिका हाल वडा नम्बर ३ बस्ने विनोदलाई २०६८ साल मङ्सिर १० गते कर्तव्य गरी मारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका विनोदका भाञ्जा विक्रम विकलाई अनुसन्धानपश्चात् सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले प्रवीणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

चरिकोट, २० साउन । कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न गएका विनोद धनुकेलाई हत्या गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटका २२ वर्षीय प्रवीण खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

कालिञ्चोक दर्शन गर्न गएका भीमेश्वर नगरपालिका हाल वडा नम्बर ३ बस्ने विनोदलाई २०६८ साल मङ्सिर १० गते कर्तव्य गरी मारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका विनोदका भाञ्जा विक्रम विकलाई अनुसन्धानपश्चात् सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले प्रवीणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

प्रहरीले विक्रमलाई पक्राउ गरेपछि प्रवीण खड्का फरार रहेको र बुधबार राति काठमाडाँैबाट पक्राउ गरी चरिकोट ल्याइएको पनि जनाएको छ ।

खड्काले दोलखाका उद्योगी–व्यापारीलाई पनि फोनमार्फत धम्की दिई पैसा असुल्ने गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । उनलाई पक्राउ गरेसँगै कर्तव्यज्यान मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?