आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
१
|
५५ पटक हेरिएको
Shares
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना

सारांश

  • शिखरन्यूज संवाददाता, काठमाडौं, ४ फागुन -आज शेर्पा समुदायले नयाँ बर्षका रुपमा ग्याल्पो ल्होसार मनाउदै छन् ।
  • ग्याल्पो ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
  • शेर्पा समुदायले आज आँगन, घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई परिवर्तन गरी नयाँ राख्छन् ।

शिखरन्यूज संवाददाता, काठमाडौं, ४ फागुन -आज शेर्पा समुदायले नयाँ बर्षका रुपमा ग्याल्पो ल्होसार मनाउदै छन् । ग्याल्पो ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

शेर्पा समुदायले आज आँगन, घरको छत लगायत गुम्बा अनि चैत्यहरुमा भएका पुराना ध्वजाहरुलाई परिवर्तन गरी नयाँ राख्छन् । हिमालका हावाले मन्त्र लेखिएका कपडाका ध्वजालाई फर्रफर्र हल्लाउदा एउटा अदभूत संगीतको धुन निस्कन्छ ।

ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतले शुभकामना दिदै ग्याल्पो ल्होसार पर्वले आपसी सद्भाव नेपाली जनताबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्ने विश्वास राखेका छन् । शुभकामनामा नेपालको संस्कृतिलाई मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै परम्पराको संरक्षण तथा प्रर्वद्धन गर्न सवैमा हौसला प्रदान गरोस भन्ने कामना गरेका छन् ।

नेपालमा तीन किसिमका ल्होसार पर्व मनाउने चलन छ । तिनप्रकारका ल्होसारहरु मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ । जुनसुकै समुदायको ल्होसार भएपनि अन्य समुदायको पनि सक्रिय सहभागिताता रहेको देखिन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङी अनि मनाङी लगायत अन्य धेरै समूदायकोयो एउटा साझा ल्होसार हो ।

यस पर्वलाई शेर्पा समुदायले ३ दिनसम्म बिशेष महत्व दिएर मनाउने गर्दछ । पारिवारिक जमघट, आफन्तसँग भेटघाटका साथ मीठा मीठा परिकार खाँदै एक अर्कामा शुभकामना आदानप्रदान गरेर मनाउँछन् । आज मैदाको पिठोबाट बनाईएको एकप्रकारको मिठाई विशेष परिकार खाप्से पनि बनाउने गर्छन । आजका दिन उम्रिने गरि गहुँको बिऊ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ बालीका रुपमा लिईन्छ ।

ल्होसारको अवसरमा साँझमा विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ । नौथरि मिसाएकोलर्इ गुथुकु भनिन्छ । यो परिकार आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेरखाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेरपकाइएको हुन्छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Srithar Lama

    Yo kura ali bujna sakena hajur! Gyalpo baneko raja ani kun sherpa raja thiyo yo dhesma?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा फेरि विवाद, देउवाको प्रस्तावमा पौडेल र सिटौलाको असहमति
कांग्रेसमा फेरि विवाद, देउवाको प्रस्तावमा पौडेल र सिटौलाको असहमति
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
सुर्खेतको सिम्ताबाट हराएका तीन बालिका बुटवलमा भेटिए
सुर्खेतको सिम्ताबाट हराएका तीन बालिका बुटवलमा भेटिए
गुल्मीमा जीप दुर्घटना हुँदा चालक र सहयोगी बाहेक ६ जनाको मृत्यु (सुचीसहित)
गुल्मीमा जीप दुर्घटना हुँदा चालक र सहयोगी बाहेक ६ जनाको मृत्यु (सुचीसहित)
पहिले वाम एकताको खाका, त्यसपछि सरकार
पहिले वाम एकताको खाका, त्यसपछि सरकार
उत्तरगंगाको लाइसेन्स रद्द गराउन प्राधिकरणको खेल
उत्तरगंगाको लाइसेन्स रद्द गराउन प्राधिकरणको खेल
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
मोरङको छवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता यस्तो छ नतिजा
सिरहाका इन्चार्ज अंकुल पक्राउ
सिरहाका इन्चार्ज अंकुल पक्राउ