विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु
सारांश
- काठमाडौं, मंसिर १८ – विद्युत सर्ट भई आगलागी हुदाँ अर्घाखाँचीमा एक बालकको मृत्यु भएको छ ।
- अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो ।
- सोमबार साँझपख बिजुली सर्ट भई विकको घरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, मंसिर १८ – विद्युत सर्ट भई आगलागी हुदाँ अर्घाखाँचीमा एक बालकको मृत्यु भएको छ ।
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–६ मेहपानीका ११ वर्षीय नारायण विकको जलेर मृत्यु भएको हो । सोमबार साँझपख बिजुली सर्ट भई विकको घरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
घरभित्र रहेको बालक बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको जनाईएको छ । प्रहरीले आगो नियन्त्रण लिई खोजतलास गर्दा बच्चाको शव भेटिएको जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया