सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निलम्बित कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गराएको भन्दै आपत्ति जनाएका छन् ।
  • शुक्रबार साँझ फेसकुबाट थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने भन्दै लामिछानेको निलम्बन फुकुवा क्यानले तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निलम्बित कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गराएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार साँझ फेसकुबाट थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने भन्दै लामिछानेको निलम्बन फुकुवा क्यानले तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,“अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाकाबारे धेरैले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नु भएको छ । मेरो धारणा स्पष्ट छ– बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न ।,”

उनले आफूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको सन्दीपको विषयमा हतारमा कुनै पनि निर्णय नलिन आग्रह गरेको उल्लेख गरेका छन् ।

थापाले थप लेखेका छन्‘एक साता अघि नै यो प्रसंग आउना साथ क्यानका अध्यक्ष(जो नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ)लाई भेटेरै नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो । तर त्यसो हुन सकेन’ ।

उनले बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारमा गरेको निर्णय गलत भएको बताएक छन् ।

गएको मंगलबार क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । उनको नाम समेट्दै क्यानले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइसकेको छ ।

बलात्कारको अभियोग लागेका सन्दीप उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?