हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २२, २०८३
|
|
९५ पटक हेरिएको
Shares
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री साह

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री बालेन साहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन् ।
  • सामाजिक संजालमार्फत प्रधानमन्त्री साहले यस्तो बताएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आफूहरु जनताको चाहना बमोजिम काम गर्न सरकारमा आएको बताउँदै आम जनतालाई ढुक्क हुन अनुरोध गरेका छन् ।

सामाजिक संजालमार्फत प्रधानमन्त्री साहले यस्तो बताएका हुन् । उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक संक्रमणबाट मुक्त गर्न सरकारले कठोर कदम चालेको बताएका छन् । वर्षौंदेखि जरा गाडेर बसेको ‘पार्टीकरण’ को संस्कृतिले प्रणाली नै ध्वस्त पारेको उल्लेख गर्दै प्रधानमन्त्री साहले अब योग्यता र क्षमतालाई मात्र आधार बनाइने उद्घोष गरेका हुन् । उनले विद्यार्थी र कर्मचारी संगठनहरू दलको हित गर्ने ‘स्लिपर सेल’ मा परिणत भएको टिप्पणी गरेका हुन् ।

‘वर्षौंदेखि योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो,’ उनले भनेका छन्, ‘त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो– शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध ।’

यस्तो छ प्रधानमन्त्रीको भनाई

धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्’ विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो ।’ वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका ‘स्लिपर सेल’ बने । योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन । चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ । त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ ।

हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन । हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो । यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो । त्यसैले तपाईँहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ ।

हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईँहरुकै जनचाहना बमोजिम काम गर्न सरकारमा आएका हौँ । तपाईँहरु ढुक्क हुनुस्, हामी जे गर्छौँ आम नेपाली जनताकै हितमा गर्छौँ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Linki z komentarzy

    Hi! Your article rocks and is really a very good understand!

    Comment Author

    Celeste4879

    Comment Author

    xxx-u.com

    Hi there, There’s no doubt that your blog may be having browser
    compatibility problems. When I look at your site in Safari,
    it looks fine however, if opening in Internet Explorer, it’s got some overlapping issues.
    I simply wanted to give you a quick heads up! Aside from
    that, wonderful site!

    Comment Author

    Tempo de Processamento e Limites de Saque

    Thank you for every other informative blog. The place else could
    I am getting that type of information written in such an ideal method?
    I’ve a mission that I am simply now working on, and I
    have been on the look out for such info.

    Comment Author

    Sklep SEO

    celandine elitism shuffleboard heada jhelisa remastered
    aukin trubus obligatory

    Comment Author

    sell bitcoin in india

    This helpful resource explains how to sell bitcoin in india safely
    and efficiently.

    Comment Author

    SEO Sklep

    Hey 🙂 Just between, are some totally uncorelated websites blogs to ours, however, they are ultimate worth checking out.
    Super! Great this typography carry on as usual

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?