कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले भन्योः ‘अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार देखिँदैन’

सारांश

  • काठमाडौं।
  • कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए ।

काठमाडौं। कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो ।

मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनि भएको घोषणा नेपालको संविधानको धारा १६८(२) र (४०) र धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको सर्वोच्चको आदेशमा भनिएको छ ।

नेपालको संविधानको धारा १८६ बमोजिम प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने सर्वोच्चको आदेशमा भनिएको छ ।

कूल ९३ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभाका बहूमत सदस्य ४७ जनाको विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनि भएको घोषणा नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल रहको अदालतको ठहर छ ।

मुख्यमन्त्री थापाले संविधानसम्मत् रुपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएको सर्वोच्चको ठहर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
संसदमा दर्ता भएका तीनवटा विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको चेतावनी
डान कुपर, शोभराज र स्टन्टबाजहरू
डान कुपर, शोभराज र स्टन्टबाजहरू
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी
राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
‘ब्रा-पेन्टी’ बेच्नै घृणा गर्ने समाजमा अजीवीको ‘सेक्स सप’
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे

तपाईंले छुटाउनुभयो कि?