१० वर्षभित्र नेपालमा साम्यवादः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
३८
|
४१ पटक हेरिएको
Shares
१० वर्षभित्र नेपालमा साम्यवादः प्रचण्ड

सारांश

  • ८ असोज, कोहलपुर ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै सम्पन्न २ नम्बर प्रदेशको निर्वाचनमा माओवादीले सन्तोषजनक जीत हासिल गरेको बताएका छन् ।
  • ‘देशैभरी माओवादीप्रति ब्यापक जनलहर उर्लिंदै गएको, जसको पछिल्लो उदाहरणका रुपमा २ नम्बर प्रदेशको चुनावलाई हेर्न सकिन्छ,’ अध्यक्ष आइतबार बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अबको प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादीले ०७४ सालकै नतिजा फर्काउनेमा ढुक्क रहनुहोस् ।

८ असोज, कोहलपुर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै सम्पन्न २ नम्बर प्रदेशको निर्वाचनमा माओवादीले सन्तोषजनक जीत हासिल गरेको बताएका छन् । ‘देशैभरी माओवादीप्रति ब्यापक जनलहर उर्लिंदै गएको, जसको पछिल्लो उदाहरणका रुपमा २ नम्बर प्रदेशको चुनावलाई हेर्न सकिन्छ,’ अध्यक्ष आइतबार बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अबको प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादीले ०७४ सालकै नतिजा फर्काउनेमा ढुक्क रहनुहोस् ।’

शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटकहरु विपरित ध्रुवमा बिभाजित भएपनि पछिल्लो समय केन्दि्रकृत हुने क्रम बढेको भन्दै प्रचण्डले खुसी ब्यक्त गरे । पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढ्दै गइरहेको अवस्थामा सबै माओवादी घटकहरु एकैठाउँमा ध्रुविकरण हुनुको विकल्प नरहेको बताउँदै प्रचण्डले कालान्तरमा वैद्य, विप्लव र बाबुराम लगायत अन्य नेतृत्व पनि माओवादीकै आन्दोलनमा समाहित हुन आउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बिभिन्न पार्टीबाट माओवादीमा समाहित हुन आएका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्ड केही भावुक भएका थिए । बिगतमा एउटै मोर्चामा रहेर काम गरेका नेता कार्यकर्ताहरु पुरानै घरमा फर्किने क्रम बढेकाले माओवादी आन्दोलनले सार्थकता पाउनेमा ढुक्क हुन अध्यक्ष प्रचण्डले सबैलाई आग्रह समेत गरे ।

आगामी १० वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने दाबी गरेका छन् । जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भैसकेको बताउँदै प्रचण्डले केही दशक भित्रै नेपालमा साम्यवाद स्थापित गर्ने कार्यदिशा अनुसार माओवादी अगाडि बढिरहेको बताए ।

कार्यक्रममा नयाँ शक्ति बाँकेका पूर्व ईन्चार्ज दुर्गाबहादुर थारु सन्तोष, पूर्व सांसद तथा विप्लव माओवादीका प्रभावशाली नेता अशोक रोकाया लगायत बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु माओवादीमा समाहित भएका थिए । पार्टी प्रवेश पछि आफ्नो दुर्गाबहादुर थारुले सबै वर्ग र समुदायको अधिकार स्थापित गराउने जिम्मेवार पार्टी माओवादी मात्र भएकाले आफू पुनः पुरानै घरमा फर्किएको बताए । उनले छोटो समयमै धेरै उपलब्धी हासिल गर्ने मनसायले बाहिरिएका माओवादी आन्दोलनका सारथीहरु बिस्तारै माओवादी आन्दोलनमै फिर्ता हुने विश्वास समेत ब्यक्त गरे ।

अशोक रोकायाले मानसिक विचलनका कारण बिगतमा भएको गल्ती सच्याउँदै सबै माओवादी घटकहरु एकजुट हनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

38 कमेन्ट

    Comment Author

    Pokharel Raj

    वाइह्यात कुरा गरेर नाटक न गर छेपारे नेता

    Comment Author

    Tn Khanal

    के होनी.. यो भनेको ।

    Comment Author

    Rishi Rana

    Timi arabpati banera mahalma aisaram garne ani samyabadko khokro natak garne.

    Comment Author

    Dilli Ram Gajurel

    Yo pagal vayexa hai ab

    Comment Author

    Dilaram Paudel

    hawa gaf.

    Comment Author

    Dipendra Poudel

    nepal varatlai dyara sammya parne vannako ho

    Comment Author

    Unique Oli

    xito xito

    Comment Author

    Mount Everest Frst Tika

    Yaska badle Nepal nai sidhyaula jasto Vayo.

    Comment Author

    Gobinda Khatiwada

    येस्को बोलिको कुनै टुङो भएन झापा आउदा एकथोक बोल्छ पश्चिम बांके पुगेर अर्को थोक बोल्छ कुनै अडान र भर बिनाको हावादारी नरपिसाच

    Comment Author

    Gita Karki

    खा ते

    Comment Author

    Baburam Sapkota

    परिबार समाल्न नसक्नेले देशकाबारेमा कुरागर्छन् गजबछबा

    Comment Author

    Sanjaya Palpali

    singgapur vaihalo

    Comment Author

    भीम बराल मगर

    पत्याउने कुरा गर्नु नि ! जनताहरु अब लाटा छैनन्।६२/६३ सम्झेर हुन्छ ?

    Comment Author

    Ganesh Gyawali

    २१० बर्ष मा नि येस्तै जंगली वाद हो सेरेको संगतमा लागेपछि प्रचण्ड जि

    Comment Author

    Binod Dahal

    deuba sanga 15barsa gathbandhan garne bhandai thiyo ani deuba le yaslai samyawad banauna dinchha ta ?yo sala ko kunai kura ko thegan chhaina je pani bolchha.

    Comment Author

    Ram Lal

    छोरो भई सकेछ सम्मेवाद

    Comment Author

    Krishna Dhakal

    यस्ता खिच्चा कुकुर भुकेको पत्याइदिने कसले ?

    Comment Author

    Shreejan Bhansakarya

    हा..हा….साम्यवाद कति मज्जा । सबैभन्दा पहिला माओवादी को धन सम्पत्ति बादेर बराबर बनाउने भो कि। हा…हा…तेसैले त अमेरिका पछि सन्सार को धेरै धनी र अरब पति भएको देश चीन मा सम्यबाद आएको होला हगि।

    Comment Author

    Karki Tika

    प्रचण्ड छेपारो हो छिनछिन मा रङ्ग फेर्छ ।

    Comment Author

    Surendra Acharya

    सखाप चाहिँ बनाउछ

    Comment Author

    Bishnu Sanjel

    बकम्फुसे गफ

    Comment Author

    Saila Lama

    Bandar haruko akata kahilehi samvab xaina ra bandar harule samyabad kahilehi lyauna sakdaina jungelko bandarlaini indianle nachaune hamro deshko bandar jatko netalaini indianle nachauxa keko samyabad

    Comment Author

    Surya Lama

    दस बर्षम दस वडा घर इनडिया म बनछ

    Comment Author

    Gyanendra Dhungana

    Sansar bata lop bhai sakeko kura . K nachahine kura gari ra hola ? Hune bhaye Yemaale party le nai gari halthyo ni aru communist party nai janmane thiyenan ni.

    Comment Author

    Rajesh Khadka

    Janatale ali ali gardai harauxn,ekkasi sakhap vae jungle pasx vanne socher.

    Comment Author

    Somnath Aryal

    साम्य होईन साम्राज्यवाद ल्याउंछन् ….हेरदैजानुस…!

    Comment Author

    Bikash Chamlagai

    तेस्को लागि मेरो पनि हजुरलाइ पुर्ण सहयोग हुने छ

    Comment Author

    अमबहादुर रेग्मी

    साम्यबाद हैन चन्दा,धम्कीबाद

    Comment Author

    Ram Prasad Paudel

    यस्तै पाराले ? मतपत्र च्यातेर ।

    Comment Author

    Mr.Padma Raj Shakya

    Des kangal chahi hunsakchha.

    Comment Author

    Krishna Man Bishwokarma

    साचचै हो

    Comment Author

    Gyanu Koirala

    जनयुद्ध भनेको नै कम्युनिष्ट ब्यबस्था स्थापना गर्नु हो तर प्रचन्डपथले चन्दा असुल्नु,बाठा टाठाले काठ्मान्डुमा घर बनाएर सिफ्ट हुनु , अनि दलित र गरीब युद्धको नाममा मर्नु र लडाइमा होमिनु कथित छाया सरकार अनि नाना थरी नाटक देखियो ।अब कम्युनिष्ट शासन स्थापना कसरी ? सबै नेताले 1-1 वटा पार्टी खोल्नु पर्छ , मिल्यो कि भारत रीसाउला ! नेपालका कम्युनिष्ट बिचरा !!!

    Comment Author

    Damodar Basnet

    15 sal ma desh lae kanghal banae sakyo singapure pani banayo dherae dhekhnu baki nae x

    Comment Author

    Khim Batela

    छाेराले तीन तीन वटि बिबाह गर्ने अनि छाेरिलाई जिताउना छ अर्ब राज्ये काेस काे पैसा नास बनाउने अनि अाउछ साम्मे वाद छाेरिलाइ जिताउदा मत पत्र च्यात्ने अायाे साम्मे वाद यहि हाे प्रचण्ड जिकाे सनम्मे वाद

    Comment Author

    Naresh Man Shakya

    १०बर्ष सम्म धोके बाज ।अनि
    १०बर्ष पद्दि साम्यबाज।

    Comment Author

    Chandra Prasad Acharya

    yeslai samyabad ra samajbad ko farak ta thaha rainaxa k padho marxbad?

    Comment Author

    Krishna Thapa

    जनयुद्ध मा गरिब को छोरा लाइ लडाएर काठमाडौ मा महल बनाउने बक्मफुसेको नेता को भनाइ कसले पत्याउने

    Comment Author

    Aananda Shrestha

    जन युद्ध 10 बरस भयो तयो चै कून बाद?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 38
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?