कमल थापाको राप्रपाले तोक्यो प्रदेश संयोजक, कहाँ को ? (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
कमल थापाको राप्रपाले तोक्यो प्रदेश संयोजक, कहाँ को ? (सूचीसहित)

सारांश

  • काठमाडौं, १४ भदौ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय संरचनाअनुसार ७ प्रदेशमा संयोजक तोकेको छ ।
  • प्रवक्ता भुवन पाठकका अनुसार अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको कार्य सम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले नेताहरुलाई सात प्रदेशको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

काठमाडौं, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय संरचनाअनुसार ७ प्रदेशमा संयोजक तोकेको छ ।

प्रवक्ता भुवन पाठकका अनुसार अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको कार्य सम्पादन समिति र पदाधिकारीको संयुक्त बैठकले नेताहरुलाई सात प्रदेशको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

को कहाँ ?

प्रदेश नं. १ संयोजक- महामन्त्री राजेन्द्र लिङ्गदेन

प्रदेश नं. २ संयोजक- केन्द्रीय सदस्य गंगा प्रसाद यादव

प्रदेश नं. ३ संयोजक- उपाध्यक्ष बुद्धिमान तामाङ्ग

प्रदेश नं. ४ संयोजक- सहमहामन्त्री हेमजंग गुरुङ्ग

प्रदेश नं. ५ संयोजक- महामन्त्री डा.धवलशम्शेर जबरा

प्रदेश नं. ६ संयोजक- केन्द्रीय सदस्य मुकुन्दश्याम गिरी

प्रदेश नं. ७ संयोजक- महामन्त्री जयन्त चन्द

यस्तै, बैठकले ७५ जिल्लाको संगठनात्मक अवस्था, २ नं. प्रदेशको निर्वाचनको तयारी, प्रदेश र संघको निर्वाचनको रणनीति, वडा वडामा राप्रपा, मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, स्थानीय तहका अध्यक्षहरुको सम्मेलन, बृहत सनातन धर्म सम्मेलन, प्रशिक्षण कार्यक्रम, भातृ संगठनको अधिबेशन, हिन्दुत्व जागरण सभा लगायतका कार्यक्रमहरुका विषयमा विस्तृत छलफल गर्नुका साथै  आवश्यक तयारी गर्ने निर्णय गरेको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?