चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
चीनमाथि अमेरिकाको ६० अर्ब डलर शुल्क, व्यापारिक युद्ध हुने चिन्ता

सारांश

  • अमेरिकाले चिनियाँ सामानमा ६० अर्ब डलरको शुल्क लगाउने निर्णय गरेको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा चिनियाँ लगानीलाई सीमित गर्ने पनि फैसला गरेका छन् ।
  • अमेरिकाले यो कदम कयौँ वर्षदेखि चीनले आफ्नो देशबाट कथित बौद्धिक चोरी गरेको बदलामा उठाएको जनाइएको छ।

अमेरिकाले चिनियाँ सामानमा ६० अर्ब डलरको शुल्क लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा चिनियाँ लगानीलाई सीमित गर्ने पनि फैसला गरेका छन् ।

अमेरिकाले यो कदम कयौँ वर्षदेखि चीनले आफ्नो देशबाट कथित बौद्धिक चोरी गरेको बदलामा उठाएको जनाइएको छ। व्हाइट हाउसले चिनियाँ अर्थव्यवस्थाबाट मिलिरहेको अन्यायपूर्ण चुनौतीसँग मुकाबिला गर्न यस्तो कठोर कदम उठाउनुपरेको स्पस्टिकरण दिएको छ ।

उता चीनले पनि अमेरिकाको यो कदमको कठोर जवाफ दिन आफू तयार रहेको जनाएको छ । यसभन्दा अघि ट्रम्प प्रशासनले स्टील र आल्म्युनियमसमेत कयौँ बस्तुमाथि चर्को रुपमा आयात शुल्क बढाइदिएको थियो । अमेरिकाको यो कदमले अब विश्वमा व्यापारिक युद्धको डरलाग्दो बादल पनि मडारिन थालेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो कदमबाट अन्य देशले पनि अमेरिकी कम्पनीलाई बराबरीको नियमले हेर्ने विश्वास लिएका छन् ।

व्हाइट हाउसमा यससम्बन्धी मेमोमा हस्ताक्षर गरेपछि ट्रम्पले भने, ‘हामी चीनसँगको समझौतालाई लिएर चलिरहेको लामो वार्ताको बीचमा छौँ । हेर्दै जाउँ कस्तो परिणाम निस्कन्छ ?’

किन लगाइयो ? 

चीनमाथि शुल्क लगाउने फैसला गर्नु पछाडिको कारण अघिल्लो साल अगस्टमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ नीतिको छानबिन गर्न आदेश दिएका थिए ।

व्हाइट हाउसका अनुसार ‘३०१ इन्भेस्टिगेसन’ नामले जानिने यस अध्ययनबाट चीनले अमेरिकामाथि कयौँ अन्यायपूर्ण काम गरिरहेको छ । जसले विदेशी स्वामित्वमा प्रतिबन्ध, जस कारण कम्पनीहरुमाथि प्रविधि स्थानान्तरण गर्नुपर्ने दबाब बनिरहन्छ ।’

अमेरिकाले अध्ययनका क्रमममा चीनले अमेरिकी कम्पनीमाथि अन्यायपूर्ण शर्त थोपरेको दावी गरेको छ । रणनीतिकरुपमा अहम अमेरिकी कम्पनीको लगानीमा चीनले बाधा गरिरहेको र साइबर हमला गराएर त्यसको समर्थन गराएको आरोप पनि अमेरिकाले लगाएको छ ।

व्हाइट हाउसले १००० हजार भन्दा धेरै चिनियाँ उत्पादनको सूची बनाएर तिनमाथि शुल्क लगाउने तयारी थालिएको जनाएको छ । अन्तिम सूची लागू गर्नका लागि यसबारेमा व्यापारीहरुलाई आफ्नो भनाइ राख्न भने दिने ह्वाइट हाउसले जनाएको छ ।

अधिकारीका अनुसार अमेरिका विश्व व्यापार संगठनमा पनि चीनको कथित अन्यायपूर्ण लाइसेन्स शर्तबारे उजुरी हाल्ने तयारी गरिएको छ । अमेरिकाका व्यापार वार्ताकार रोबर्ट लाइटाइजरका अनुसार अमेरिकाको आर्थिक भविष्यका लागि अमेरिकी प्रविधिलाई बचाई राख्नु महत्त्वपूर्ण कुरा हो ।

‘यो धेरै महत्वपूर्ण कदम हो र देशको भविष्यका लागि धेरै महत्व पनि राख्छ’, उनले भने । रोबर्टका अनुसार चीनमाथि दबाब बढाएर चीनले अमेरिकी ग्राहकमाथि बढाएको दबाब पनि हटाउन जरुरी छ ।

चीनले के भन्यो ? 

बिहीबार चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले लगाएको नयाँ शुल्कको कडा जवाफ दिने जनाएको छ । एक वक्तब्य निकाल्दै चीको वाणिज्य मन्त्रालयले भनेको छ, ‘यदि चीनको वैध अधिकार र हितमा क्षति पुग्यो भने चीन चुप लागेर बस्दैन । निश्चित रूपमा सबै जरुरी कदम उठाइनेछ । जसले आफ्नो अधिकार र हितको रक्षा गर्न सकियोस् ।’

वाल स्ट्रीट जर्नलका अनुसार चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुलाई अफ्ठ्यारो पार्ने रणनीतिसहित ब्यापारिक शुल्क लगाउने तयारी गरेको छ। यिनमा अमेरिकाबाट भइरहेको कृषि उत्पादनको निर्यात पनि सामेल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?