स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
सारांश
- प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई पक्राउ गरेको छ।
- काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
- कार्की विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई पक्राउ गरेको छ। काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। कार्की विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश(३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए। आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोगशालाका निर्देशक कार्कीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको थियो। दुर्व्यवहार गर्ने उत्तम कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको छ। भिडिओ खिच्ने र निर्देशक कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीले सामाजिक सञ्जालमार्फत् माफी मागेका छन्।
प्रतिक्रिया