घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट व्ञ्चित गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
घरमा चर्पी नराख्नेलाई सरकारी सुविधाबाट व्ञ्चित गर्ने

सारांश

  • वीरगञ्ज, २२ माघ ,पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।
  • गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र जरिवानासमेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले राससलाई बताउनुभयो ।
  • सो गाउँपालिका–५ मा आठ हजार जनसंख्या छ भने उक्त वडामा ९० प्रतिशत घरमा शौचालय भएपनि १० प्रतिशतले शौचालय राख्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो ।

वीरगञ्ज, २२ माघ ,पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।

गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र जरिवानासमेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले राससलाई बताउनुभयो ।

सो गाउँपालिका–५ मा आठ हजार जनसंख्या छ भने उक्त वडामा ९० प्रतिशत घरमा शौचालय भएपनि १० प्रतिशतले शौचालय राख्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो । आउँदो चैत महिनासम्ममा पूरै गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिंदै अध्यक्ष श्रीलाल साह कानुले चर्पी नबनाउनेलाई सामाजिक तथा आर्थिक जरिवाना गर्ने भएकाले धमाधम चर्पी बनाउन थालेका छन् भन्नुभयो ।

शुरुमा चेतनाको कमीका कारण गाउँका मानिस खुला चौरमा दिसापिसाब गर्ने गदथे तर अब गाउँपालिकाले कडाइ गर्न थालेपछि सबैले आ–आफ्ना घरमा चर्पी राख्न थालेको वडा नं. ५ की बदरुनेसा खातुनले बताउनुभयो । चर्पी बनाउन गाउँपालिकाले चर्पीका लागि आवश्यक पर्ने सिटलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । गाउँपालिका दिसामुक्त क्षेत्रका लागि घर घरमा २०७० सालदेखि विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेकाले गाउँपालिकाले कडाइ गरेको हो ।

वडा नं १ देखि ५ सम्म रहेको सो गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जनाइएको छ । गाउँपालिकाले तीन दिनभित्र शौचालय राख्न उर्दी जारी गरेकाले वडा नं ५ का बासिन्दाले धमाधम चर्पी राख्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले  ओलीलाई देखाएकाे शक्ति
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले ओलीलाई देखाएकाे शक्ति
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)
विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)
माधव नेपालले सम्झिए मुग्लिनको मासुभात !
माधव नेपालले सम्झिए मुग्लिनको मासुभात !
देशसँग सम्पर्क बिच्छेद भएको एउटा नेपाली भूभाग
देशसँग सम्पर्क बिच्छेद भएको एउटा नेपाली भूभाग
उपनिर्वाचनको तयारी तीव्र
उपनिर्वाचनको तयारी तीव्र

तपाईंले छुटाउनुभयो कि?