नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
३५ पटक हेरिएको
Shares
  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

सारांश

  • भरतपुर ।
  • नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् ।
  • रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् ।

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताए । 

आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । १९ पुलमध्ये पहिलो चरणमा चार पुल निर्माण भएका हुन् । पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए ।  सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् । यो प्याकेजको अन्तिम म्याद चैत मसान्तसम्म रहेको आयोजना इन्जिनीयर विजय दराईले जानकारी दिए । आठ पुलमध्ये तीन पुल निर्माणको काम बाँकी छ । जुगेडी, खहरे र सिमलतालको पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने दराईले बताए । 

इच्छाकामनातर्फको पुल निर्माणका लागि एक वर्षको म्याद छ । सात पुलमध्ये दुई पुल सञ्चालनमा आइसकेका छन् । दुई पुलबाहेक सबै असारसम्ममा निर्माण सम्पन्न हुने गरी काम भइरहेको दराईले बताए । खहरे खोलाको पुल निर्माणको काम भइरहेको छभने तुइन खोलामा अहिले पुल निर्माणका लागि दिउँसोको समयमा सडक बन्द गरेर पहाड फोर्ने काम भइरहेको छ । अहिलेसम्म १५ मिटर पहाड काटिसकिएको छ । थपिएको समयमा अधिकांश काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।  

यस सडकखण्डमा २०७६ साल चैतदेखि १५ पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको थियो ।  विश्व बैङ्कको सहयोगमा पुल निर्माण गरिएका हुन् । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छ । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो । केही वर्षअघि सडक विस्तार गरिएपछि पुल फराकिलो बनाइएको हो ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जारी गोर्खाल्याण्ड आन्दोलनमा भाजपाको मौनतावारे विभिन्न अडलवाजीहरु शुरु
जारी गोर्खाल्याण्ड आन्दोलनमा भाजपाको मौनतावारे विभिन्न अडलवाजीहरु शुरु
दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन: प्रधानमन्त्री
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
विद्यालयमा छात्रा आफँै सेनेटरी प्याड बनाउँछन्
विद्यालयमा छात्रा आफँै सेनेटरी प्याड बनाउँछन्
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? के छ हैसियत ?
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
काठमाडौ कोदारी नाशा बुलेट बाइक र्‍याली
चालक र सहचालकको आँखा परीक्षण
चालक र सहचालकको आँखा परीक्षण
चार अर्बको घिउ नबिक्नुमा यस्तो रहेछ कारण
चार अर्बको घिउ नबिक्नुमा यस्तो रहेछ कारण
रविन्द्र मिश्रले पार्टीको नाम जुराए
रविन्द्र मिश्रले पार्टीको नाम जुराए

तपाईंले छुटाउनुभयो कि?