झापामा बम विस्फोट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
झापामा बम विस्फोट !

सारांश

  • अस्बिन खड्का, ३० वैशाख ।
  • आज बिहानैदेखि सवारी साधन तोडफोड र सानातिना बम विस्फोटका घटना भइरहेका छन् ।
  • काठमाडौँमा बिहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् ।

अस्बिन खड्का, ३० वैशाख । आज बिहानैदेखि सवारी साधन तोडफोड र सानातिना बम विस्फोटका घटना भइरहेका छन् । काठमाडौँमा बिहानै दुई ट्याक्सीमा तोडफोड भएका छन् ।

पेप्सीकोलामा एउटा बसमाथि आगजनी भएको छ । त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा।लि।को बसमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यसैगरी झापाको बुट्टाबारीमा बम फेला परेको छ । झापाबाट चल्ने लामो र छोटो दूरीमा सवारी साधन चलेका छैनन् ।

त्यस्तै माइखोला पुलमा बन्दकर्ताहरुले अबरोध राखेका कारण प्रहरीले गाडी चलाउन दिएको छैन । झापाको सीतापुरीमा बन्दकर्ताहरुले एउटा बस र एउटा ट्रकमा ढुङ्गा प्रहार गरेका छन् । नरेन्द्र मोदीको भ्रमण, अरुण तेस्रोको शिलान्यास, भारतीय कमान्डो नेपाल प्रवेश तथा ओली–मोदी गठबन्धनका विरुद्ध भन्दै नेकपा माओबादी विप्लवले बन्दको हल्ला चलाएको छ । आज बिहानैदेखि सवारी साधनमा आगजनी र तोडफोड भइरहेका छन् ।

त्यसैगरी देशभर विहानैबाट सवारी साधान चलेका छैनन् । बन्दकर्ता राजमार्ग र छोटो दुरीका सडकमा निस्केर अवरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?