भक्तपुरमा विकासका कामहरू धमाधम सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
भक्तपुरमा विकासका कामहरू धमाधम सुरु

सारांश

  • भक्तपुर १९ पुस ।
  • जनप्रतिनिधिको अभावमा रोकिएको भक्तपुरका विकासका कामहरू धमाधम सुरु हुन थालेका छन् ।
  • आफू मन्त्री हुँदा नवनिर्वाचित सांसद महेश बस्नेतले आफ्नो घर जाने गुण्डुको बाटो र पूर्वप्रधानमन्त्री केपी ओलीको घर जाने बाटोमा ८ करोड र ४ करोड बजेट छुट्टयाउन पहल गरेका थिए ।

भक्तपुर १९ पुस । जनप्रतिनिधिको अभावमा रोकिएको भक्तपुरका विकासका कामहरू धमाधम सुरु हुन थालेका छन् । आफू मन्त्री हुँदा नवनिर्वाचित सांसद महेश बस्नेतले आफ्नो घर जाने गुण्डुको बाटो र पूर्वप्रधानमन्त्री केपी ओलीको घर जाने बाटोमा ८ करोड र ४ करोड बजेट छुट्टयाउन पहल गरेका थिए । गुण्डु र पाण्डोबजारको ८ करोडको काम सकेर थप १० करोडको काम सकिन थालेको छ । तर बालकोट चोकबाट ठिमी चारदोबाटो जाने सडक सीमाङ्कनको विवादको कारण बन्न सकेको थिएन ।

आफू निर्वाचित भएसँगै बस्नेतले अवरोध भएको उक्त सडक, मध्यपुर अस्पतालबाट बनेपा महादेव हुँदै नगरपालिका कार्यालय जाने सडक, राधेराधे, लोगो गार्मेण्ट हुँदै कृषि विकासको तालिम केन्द्र (प्रदेशसभा हल) हुँदै निलबाराही जाने सडक, सिपाडोलको पाटी भञ्ज्याङबाट आश्रम जाने सडकको काम तीब्र गतिमा सम्पन्न गर्न पहल लिएका छन् ।

सडक विभागका एसडीई, भक्तपुर डिभिजनका डीई गुरु अधिकारी, उपत्यका विकास प्राधिकरण भक्तपुरका आयुक्त नवराज प्याकुरेल, नव निर्वाचित प्रदेशसभाका सदस्यहरु राजेन्द्रमान श्रेष्ठ र शशीजंग थापा सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापा र मध्यपुर थिमीका प्रमुख मदन सुन्दर श्रेष्ठसहितको टोलीले बैठक बसि स्थलगत अनुगमन समेत गरि तत्काल काम शुभारम्भ गर्ने योजना बनाएका छन् ।

सोही अनुरुप बालकोट र पाटिभज्याङको काम सुरु भएको हो । साथै ओली सरकारले बजेट छुट्टाएको ८४ करोडको पेप्सिकोला सल्लाघारी सडकको काम पनि तत्कालै सुरु गर्ने सहमति भएको छ । सरकारले ३ नम्बर प्रदेशको राजधानी सानोठिमी तोकिएपछि यो बाटोको रणनीतिक महत्व बढेको छ ।

सांसद बसनेतले भने, ‘अब मनोहरा पुलबाट सिनामंगल सुरुङमार्ग र कोटेश्वरमा फ्लाइओभर निर्माण गरेपछि मात्र प्रदेशको राजधानीको प्रवेशमार्गको सडक जाममुक्त हुन्छ ।’ साथै बाहाखाबजार र निकोशेराको पुरानो ऐतिहासिक बस्तीको संरक्षण गर्दै यो सडक तिब्र गतिमा निर्माण हुने बसनेतले जानकारी दिए ।

https://shikharkhabar.com/2018/01/03/41267/

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?