अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०८२
|
|
६७ पटक हेरिएको
Shares
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने

सारांश

  • वासिङ्टन डी.
  • सी.
  • - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्।

वासिङ्टन डी.सी.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्।

चीनले ले लिइरहेको अत्यन्त आक्रामक व्यापारिक कदमको जवाफ भन्दै उनलेे १०० प्रतिशतको थप ट्यारिफ लगाउने घोषणा गरेका हुन्। यो नयाँ ट्यारिफ नोभेम्बर १ देखि लागू हुने छ । यो हाल चीनले तिरिरहेका कुनै पनि ट्यारिफमा थप हुने ट्रम्पले जनाएका छन् ।

ट्रम्पको घोषणा चीनले विश्वव्यापी रूपमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने योजनाको घोषणापछि आएको हो। अमेरिकी राष्ट्रपतिले घोषणामा चीनले विश्व समुदायलाई पत्र पठाउँदै १ नोभेम्बर देखि लगभग सबै उत्पादनहरूमा ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने घोषणा गरेको बताएका छन् ।

ट्रम्पले चीनको यो कदमलाई अन्तर्राष्ट्रिय व्यापारको लागि अविश्वसनीय । नैतिक दृष्टिले निन्दनीय बताएका छन्। उनले स्पष्ट अमेरिकाको यो कारबाही केवल आफ्नो राष्ट्रिय हित रक्षाको लागि भएको बताएका छन् ।

यसको साथै, अमेरिका ले १ नोभेम्बरदेखि सबै महत्त्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लगाउने भएको छ।

चीनको तर्फबाट यसअघि नै दुर्लभ धातुसम्बन्धी वस्तु र प्रविधिहरूको निर्यातमा सरकारी नियन्त्रण कडाइ गरिएको छ।

चीनको वाणिज्य मन्त्रालयले यो कदम राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय प्रसार नरोक्ने दायित्व पूरा गर्न आवश्यक भएको जनाएको छ ।

दुर्लभ धातुहरू आधुनिक इलेक्ट्रोनिक्स र सैन्य प्रविधिको लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन्। चीनले यसभन्दा अगाडि इलेक्ट्रिक वाहन प्रविधिसम्बन्धी महत्त्वपूर्ण खनिजहरूको निर्यातमा पनि प्रतिबन्ध लगाउने योजनाको घोषणा गरेको थियो ।

पछिल्लो घटनाक्रमले अमेरिका र चीनबीच चलिरहेको व्यापारिक तनावलाई झन् बढाएको छ। यसको वैश्विक अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारमा गहिरो असर पर्ने सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?