नेपालमा विदेशी पर्यटक आगमन १२ लाख नाघ्यो

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, श्रावण १०, २०८३
|
|
० पटक हेरिएको
Shares
नेपालमा विदेशी पर्यटक आगमन १२ लाख नाघ्यो

सारांश

  • नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएसँगै मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढेको छ।
  • बोर्डका अनुसार गत आर्थिक वर्षमा कुल १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल आगमन भएको छ।
  • जसमध्ये सबैभन्दा नजिकको छिमेकी मुलुक भारत नेपालको पहिलो प्रमुख स्रोत बजार बनेको छ, जहाँबाट कुल आगमनको २५.

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएसँगै मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढेको छ।

बोर्डका अनुसार गत आर्थिक वर्षमा कुल १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल आगमन भएको छ। जसमध्ये सबैभन्दा नजिकको छिमेकी मुलुक भारत नेपालको पहिलो प्रमुख स्रोत बजार बनेको छ, जहाँबाट कुल आगमनको २५.७६ प्रतिशत अर्थात् ३ लाख ११ हजार ५३१ पर्यटक आएका छन्। भारतपछि अमेरिका दोस्रो तथा चीन तेस्रो प्रमुख पर्यटकीय गन्तव्य मुलुकका रूपमा दरिएका छन्।

नेपाल सरकार र पर्यटन सम्बद्ध निजी क्षेत्रको रणनीतिक प्रयासस्वरूप अन्तर्राष्ट्रिय बजारमा सञ्चालन गरिएका ४० भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम र हवाई पहुँच विस्तारका कारण यो सफलता सम्भव भएको हो। विशेषगरी भारतीय सहरहरूमा गरिएका १२ वटा भन्दा बढी सेल्स मिसन तथा झापादेखि कञ्चनपुरसम्मका क्रस–बोर्डर पर्यटन मेलाले सीमा क्षेत्रबाट हुने आगमनलाई उल्लेख्य बढाएको छ।

मौसम र अनुकूलताका आधारमा गत वर्षको कात्तिक महिनामा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ पर्यटक भित्रिएका थिए भने चैत, फागुन र असोज महिनामा पनि आगमनको उत्साहजनक चाप देखिएको थियो। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरका अनुसार चीन, अमेरिका र बङ्गलादेशजस्ता उच्च सम्भावनायुक्त बजारमा व्यावसायिक सम्पर्क विस्तारका लागि थप बजेटसहित प्रवर्द्धनलाई तीव्र बनाइनेछ।

नेपाल सरकारले आगामी वर्षलाई ‘आरोग्य पर्यटन वर्ष २०२७’ घोषणा गरेको सन्दर्भमा चालु आर्थिक वर्ष २०८३/८४ मा पर्यटक संख्या थप वृद्धि हुने विश्वास बोर्डले लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?