छोरी बलात्कार गर्ने बाबु पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
३९ पटक हेरिएको
Shares
छोरी बलात्कार गर्ने बाबु पक्राउ

सारांश

  • मलेखु ।
  • मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।
  •    धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।

मलेखु । मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।
  
धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए । त्यसैक्रमा १७ वर्षीय छोरीमाथि पटकपटक जबरजस्ती करणी गरी भएको पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी बताए ।

पटकपटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
भूकम्पमा परी दुईको मृत्यु २४१ घाइते
भूकम्पमा परी दुईको मृत्यु २४१ घाइते
विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा
विजय लामामाथिको निलम्बन २४ घण्टा नबित्दै फुकुवा
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
नयाँ जातको गाईको विकास गरिँदै
नयाँ जातको गाईको विकास गरिँदै
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani?
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani?
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या
यौन दुव्यर्वहारको अभियोग लागेका जिम्न्यास्टिकका पूर्वप्रशिक्षकद्वारा आत्महत्या