अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिले कोही पछाडि नपरुन भन्ने उद्देश्यका साथ राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताएका छन् ।
  • अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्ति विभेद र अवरोधका कारण सहभागी हुन नसकेको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिले कोही पछाडि नपरुन भन्ने उद्देश्यका साथ राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताएका छन् । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्ति विभेद र अवरोधका कारण सहभागी हुन नसकेको बताए ।

क्षमता हुँदाहुँदै समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

अपांगता भएका महिलामाथि हुने हिंसा र दुव्र्यवहारका विरूद्धमा कडा कानुनी कार्वाही अघि बढाउने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान पु-याएको सन्देशमा जनाइएको छ ।

“अपांगता भएका व्यक्तिको राज्य प्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनैपर्छ । उनीहरुले पनि अरु सरह लाभान्वित हुन पाउनैपर्छ भन्ने मान्यतामा सरकार प्रतिवद्ध छ” सन्देशमा भनिएको छ, ‘कोही पनि पछाडि नपरून्’ भन्ने मूल ध्येयका साथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको सन्देशमा उल्लेख छ ।

“पूर्ण रूपमा अपांगता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा र गुणस्तरीय जीवनको विशेष व्यवस्था गर्न सरकार कटिवद्ध छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ, “सरकारले अपांगताभएका व्यक्तिहरूको विकास र सशक्तिकरणका लागि छुट्टै बृहत् नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको छ । सरकारको सम्पूर्ण प्रयास समावेशी विकासको माध्यमबाट देशमा समृद्धि, खुसीयाली, शान्ति र न्याय स्थापना गर्न केन्द्रित छ ।”

“सार्वजनिक भौतिक संरचना, सेवा प्रवाह गर्ने प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार प्रणालीहरूमा अपांगताभएका व्यक्तिको पहुँचलाई पूर्ण रुपमा सुनिश्चित गर्न सरकारलाई सबैको सहयोग चाहिन्छ । यस सम्बन्धमा तर्जूमा गरिएका नियम र मापदण्डहरू प्रभावकारी रूपमा लागू गर्ने अभियानमा सरोकारवाला निकाय मात्र होइन समाजका सबै क्षेत्रका व्यक्तिहरु सामेल हुन आवश्यक छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय समाजवादी फोरमको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित
संघीय समाजवादी फोरमको पर्सा अध्यक्षमा पुनः यादव निर्वाचित
युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो
युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
माघ महिनामा बैंकको निक्षेपमा सुधार
माघ महिनामा बैंकको निक्षेपमा सुधार
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
बैंक लुटपाट प्रकरण:एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव -रमेश लम्साल
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
स्तरीय उपचार सेवामा मुख्यमन्त्री पाण्डेको जोड
स्तरीय उपचार सेवामा मुख्यमन्त्री पाण्डेको जोड
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
६५ अर्ब ४० करोड एनसेल कर प्रकरणमा मन्त्री भन्छन्– एनसेललाई छाड्दिन
सरकारले यातायात सिन्डिकेट विरुद्ध देशभर रुट इजाजत खुल्ला गर्ने
सरकारले यातायात सिन्डिकेट विरुद्ध देशभर रुट इजाजत खुल्ला गर्ने

तपाईंले छुटाउनुभयो कि?