विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, आषाढ ३१, २०८३
|
|
१ पटक हेरिएको
Shares
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना

सारांश

  • फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा दुई ऐतिहासिक प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड र अर्जेन्टिना एटलान्टा स्टेडियममा आमनेसामने हुँदैछन्।
  • नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुने यो खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
  • ६० वर्षपछि फाइनल पुग्ने लक्ष्यमा रहेको इङ्ग्ल्यान्ड र उपाधि रक्षा गर्ने दाउमा रहेको साविक विजेता अर्जेन्टिनाको यो भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा दुई ऐतिहासिक प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड र अर्जेन्टिना एटलान्टा स्टेडियममा आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुने यो खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। ६० वर्षपछि फाइनल पुग्ने लक्ष्यमा रहेको इङ्ग्ल्यान्ड र उपाधि रक्षा गर्ने दाउमा रहेको साविक विजेता अर्जेन्टिनाको यो भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ग्ल्यान्डले क्रोएसियालाई ४-२, पानामालाई २-०, कंगो र मेक्सिकोलाई हराउँदै तथा नर्वेविरुद्ध जुड बेलिङ्घमको दुई गोलको मद्दतमा २-१ को पुनरागमन जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो। इङ्ग्ल्यान्डका ह्यारी केन र बेलिङ्घमले समान ६ गोल गरेर विश्वकप इतिहासमै एउटै टोलीका दुई खेलाडीले कम्तीमा ६ गोल गरेको पहिलो कीर्तिमान बनाएका छन् भने रासफोर्डको १ गोल, गोर्डन र साकाको समान ३ असिस्ट छ।

अर्कोतर्फ, लियोनेल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई ३-० ले हराउँदै यात्रा सुरु गरेको अर्जेन्टिनाले अस्ट्रिया, जोर्डन, केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको हो। छैटौँ पटक सेमिफाइनल खेल्न लागेको अर्जेन्टिनाको टोलीमा मेस्सीसँगै अन्य ७ खेलाडीले गोल गरेका छन् भने रक्षापंक्तिमा क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज र उत्कृष्ट लयमा रहेका गोलकिपर एमिलियानो मार्टिनेज मुख्य खम्बा हुन्।

विश्वकप इतिहासमा यी दुई टोलीबीच भएका ५ भेटमा इङ्ग्ल्यान्डले ३ (१९६२, १९६६, २००२) र अर्जेन्टिनाले २ (१९८६ र १९९८) खेल जितेका छन्। विशेषगरी सन् १९८६ मा डिएगो म्याराडोनाको प्रसिद्ध ‘ह्यान्ड अफ गड’ र ऐतिहासिक एकल गोलको चर्चा अझै पनि उत्तिकै जीवित छ। दुवै टोली आफ्नो विरासत जोगाउँदै मैदान उत्रिँदा खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने निश्चित देखिन्छ।

खेलका लागि इङ्ग्ल्यान्डको सम्भावित सुरुआती टोलीमा पिकफोर्ड, जेम्स, कोन्सा, गेही, ओ’राइली, एन्डरसन, राइस, साका, बेलिङ्घम, गोर्डन र केन मैदान उत्रने सम्भावना छ। यस्तै, अर्जेन्टिनाको टोलीमा एमिलियानो मार्टिनेज, मोलिना, रोमेरो, लिसान्द्रो मार्टिनेज, टाग्लियाफिको, डे पाउल, परेडेस, म्याक एलिस्टर, एन्जो फर्नान्डेज, मेस्सी र जुलियन अल्भारेज रहने सम्भावना बलियो छ।

 यो ऐतिहासिक भिडन्तले विश्वभरका फुटबल प्रशंसकहरूको ध्यान तानेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?