उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर

सारांश

  • काठमाडौं – सर्वोच्च अदालतले नागरिकतामा उमेर विवादका कारण बर्हिगमनमा परेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कामलाई सदर गरेको छ।
  • पूर्वप्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको पद तथा गोपनीयताको सपथग्रहणलाई सदर गर्दै अन्य कामलाई समेत सदर गरेको हो।
  • न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कुनै पदमा नियुक्त पदाधिकारीले काम गर्दा वैध देखिएकोमा पछिबाट कुनै कारणले अयोग्य ठहरेमा निजले गरेका काम कारबाही बदर नगर्ने मान्यता रहेको आदेश दिएको हो।

काठमाडौं – सर्वोच्च अदालतले नागरिकतामा उमेर विवादका कारण बर्हिगमनमा परेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कामलाई सदर गरेको छ। पूर्वप्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको पद तथा गोपनीयताको सपथग्रहणलाई सदर गर्दै अन्य कामलाई समेत सदर गरेको हो।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कुनै पदमा नियुक्त पदाधिकारीले काम गर्दा वैध देखिएकोमा पछिबाट कुनै कारणले अयोग्य ठहरेमा निजले गरेका काम कारबाही बदर नगर्ने मान्यता रहेको आदेश दिएको हो। सर्वोच्चले कुनै व्यक्ति पछि अयोग्य देखिए पनि त्यसअघि गरेका काम बदर नहुने ठहर गरेको छ । ‘कुनै पदमा नियुक्त पदाधिकारीले काम गर्दा वैध हुने र पछि कुनै कारणले अयोग्य भएमा काम कार्वाही बदर नहुने’ मान्यता रहेको ठहराएको छ।

गत फागुन ३० मा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको पद तथा गोपनीयताको सपथ असंवैधानिक भन्दै परेको निवेदन खारेज गर्दै सर्वोच्चबाट यस्तो व्याख्या भएको हो। सर्वोच्चको यो आदेशसँगै पूर्व प्रधानन्यायाधीश पराजुलीले गरेका न्यायिक काम बदर नहुने भएको हो। राष्ट्रपति भण्डारीलाई सपथ खुवाउने दिनमै न्यायपरिषद्को सचिवालयबाट गत साउनमै पदावधि सकिएको भन्दै पराजुलीलाई पत्र पठाइएको थियो। त्यससँगै राष्ट्रपतिको सपथसमेत असंवैधानिक भन्दै सर्वोच्चमा निवेदन परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए
मन्त्रीकै अगाडी उपमहानगरका प्रमुख कुटिए
धुर्मुसले नयाँ घरको साँचो दिएपछि सन्तपुर बस्तीमा खुसीयाली
धुर्मुसले नयाँ घरको साँचो दिएपछि सन्तपुर बस्तीमा खुसीयाली
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
विकासको काममा ठेकेदारको चरम लापरवाही, अन्तिम मिति सकियो सडक जस्ताको त्यस्तै
विकासको काममा ठेकेदारको चरम लापरवाही, अन्तिम मिति सकियो सडक जस्ताको त्यस्तै
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
राहत सामग्री चोरी गर्ने चार पक्राउ
राहत सामग्री चोरी गर्ने चार पक्राउ
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
अलग अलग ४ दुर्घटनामा ३ काे मृत्यु !
अलग अलग ४ दुर्घटनामा ३ काे मृत्यु !
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’

तपाईंले छुटाउनुभयो कि?