निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय

सारांश

  • काठमाडौ २१,असोज।
  • निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले हत्यारा भन्दै  बबिता भन्ने अनिता बमतर्फ सोझ्याएको छ ।
  • गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ कि अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।

काठमाडौ २१,असोज। निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले हत्यारा भन्दै  बबिता भन्ने अनिता बमतर्फ सोझ्याएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ कि अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।

समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ । साथै सो उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ ।निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।

निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । तर, बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।

समितिले आफ्नो सुझावमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।

जिप्रका कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भए पनि बरामत गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामत गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सञ्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।त्यसैगरी समितिले तयार पारेको प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ ।

प्रतिवेदनको २४ र २५ पृष्ठमा लेखिएको छ कि महाकाली अञ्चल अस्पतालमा मिटि साउन २३ को शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।’

समितिले गरेका सिफारिसहरु

उच्च् स्तरीय समितिले आरोपी दिलिपसिंह विष्टलाई केरकार गर्ने क्रममा यातना दिने प्रहरीका साथै तत्कालीन एसपी डिल्लीराज विष्टसमेतलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ ।घटनाको अनुसन्धानमा संलग्न प्रहरीले हेलचेक्राइँ र लापरवाही गरेको प्रतिवेदनमा ठहर गरिएको छ र त्यसमा सहभागी सबै प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ । त्यसैगरी प्रहरीको गोलीबाट घाइते भएकाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ । पीडितलाई सामाजिकरुपमा पुनस्र्थापना गराउन सिफारिस गरिएको छ ।

अबदेखि जिल्लामा प्रहरीहरु खटाउँदा स्थानीयबासीलाई नखटाउन भनिएको छ । अनुसन्धानमा खटिएका प्रहरीले पीडितलाई पनि साथमा लिन भनिएको छ । त्यसैगरी सम्भावित परिस्थितिबारे आँकलन गर्दै राष्ट्रिय अनुसन्धान विभागलाई सक्रिय बनाउन सुझाव दिइएको छ । घटनामा पूर्व सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
यसरी बनाइँदैछ आइतबारबाट ठमेललाई ‘भेहिकल फ्रि जोन’
गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं
गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
आठौँ राष्ट्रिय खेलकूदः२४ तेक्वान्दो खेलाडी छनोट
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
सडकमा ढुंगा बेचेर भाइरल बनेका बालकलाई नजिकबाट चिन्नुस (भिडियो सहित)
सडकमा ढुंगा बेचेर भाइरल बनेका बालकलाई नजिकबाट चिन्नुस (भिडियो सहित)
बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टिम तयार : मन्त्री पोखरेल
बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टिम तयार : मन्त्री पोखरेल
दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु
दोस्रो पाँचखाल महोत्सव भोलीदेखि सुरु
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
सत्यता सहकारीको स्थापना दिवसमा विद्यालय र पत्रकार मञ्चलाई सहयोग
प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान
प्रभासको ‘सालार’ले ४ दिन मै ५ सय करोड कमाउने अनुमान
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने
सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने