बाजेको सकुवाको शिलबन्दी तोडियाे

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,१८ भदाै ।
  • बाजेको सकुवाको ६ वटा आउट लेटमा लगाइएको शिलबन्दी तोडिएको छ ।
  • काठमाडौंको चर्चित चेन रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि जेठ ३० गते अनुसन्धान समितिले छापा मारी लबन्दी गरेको थियो ।

काठमाडौं,१८ भदाै । बाजेको सकुवाको ६ वटा आउट लेटमा लगाइएको शिलबन्दी तोडिएको छ ।

काठमाडौंको चर्चित चेन रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि जेठ ३० गते अनुसन्धान समितिले छापा मारी लबन्दी गरेको थियो ।उक्त सेकुवा पसलमा शिलबन्दी भए लगतै व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध गर्दै आएका थिए ।

विशेष अनुसन्धान समितिले गरेको शिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । भदौ १३ मा सर्वोच्चले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएपछि सोमबार शिलबन्दी तोडिएको रेष्टुरेन्टका एक कर्मचारीले बताए । स्रोतका अनुसार प्रहरी प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा शिलबन्दी तोडिएको हो । यस्तै रेष्टुरेन्टका मालिक भण्डारीको खोजीमा नेपाल प्रहरीले अन्तरार्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेड कर्नर नोटिस जारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?