वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
२२
|
२० पटक हेरिएको
Shares
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट

सारांश

  • काठमाडौ, १० पुस ।
  • चारैतिर वाम गठबन्धनले विजयको झण्डा फहराइरहँदा एमालेका प्रभावशाली नेता एवम् वामगठबन्धनका सूत्रधार वामदेव गौतमले भने बर्दिया– १ बाट पराजय व्यहोर्नुपर्यो ।
  • निकै चर्चाको विषय बनेको वामदेव गौतमको पराजयका पछाडिका कारणहरु के थिए ?

काठमाडौ, १० पुस । चारैतिर वाम गठबन्धनले विजयको झण्डा फहराइरहँदा एमालेका प्रभावशाली नेता एवम् वामगठबन्धनका सूत्रधार वामदेव गौतमले भने बर्दिया– १ बाट पराजय व्यहोर्नुपर्यो । निकै चर्चाको विषय बनेको वामदेव गौतमको पराजयका पछाडिका कारणहरु के थिए ? धेरैका अनेक विश्लेषणपछि एमाले नै वामदेव गौतमको पराजयका कारणहरु सार्वजनिक गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठकको एजेण्डा बनिसकेको गौतमको पराजयमा अन्तरघात सहायक तर वामदेवकै कमजोरी मुख्य कारण देखिएको छानविन कमिटीहरुले प्रारम्भिक निष्कर्ष निकालेको छ । गौतमको पराजयलगत्तै ५ नम्बर प्रदेश संयोजक बिष्णु पौडेलले केन्द्रीय सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए । जिल्लामा अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अलग्गै समिति गठन भएको छ । दुबै छानविन समितिले बुझाएको प्रारम्भिक रिपोर्टमा अन्तरघात सहायक कारण भएको जनाइएको छ ।

स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूलाई हराउन बर्दिया १ का निवर्तमान सांसद श्याम ढकालसहित ८÷९ जना नेताहरुको हात रहेको भन्दै अन्तरघातीको सूची बुझाएका थिए । गौतमले आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापा पनि लागेको मौखिक आरोप लगाएका थिए । गौतमको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित भन्दै यसको कारण खोज्न ५ नम्बर संयोजक बिष्णु पौडेललाई आग्रह गरेपछि छानविन अघि बढेको थियो । बैजनाथ चौधरीले संयोजक पौडेललाई बुझाएको प्रारम्भिक रिपोर्टमा केही नेताले अन्तर्घात गरेको तर अन्तरघातकै कारण मात्र वामदेव पराजित नभएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।

बामदेवले किन हारे छानविन कमिटीले भेटाएका कारणहरु
जनतासँग सम्बन्धविच्छेद
नेता वामदेव गौतम २०४८ सालदेखि लगातार बर्दिया १ बाट चुनाव लडेर ३ पटक जितेका थिए । गौतमले जनताका लागि केही काम नगरेको भन्दै जनतामा व्यापक असन्तुष्टि थियो । तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा कसैले जागिर नपाएकोदेखि विकास निर्माणका काम नभएको र वामदेवसँग जनताले भेट्नै नपाउने गरेको गुनासो कार्यकर्तामा व्यापक भेटियो ।

यसैवीच २०७० को चुनावमा प्युठान र बर्दिया दुबै ठाउँबाट जितेपछि गौतमले प्युठानलाई रोज्दै अब म बर्दिया फर्किन्न भनेर सो क्षेत्र छाडेका थिए । गौतमले छाडेको सो क्षेत्रमा उपचुनावमा एमालेका श्याम ढकाल विजयी भए । तर, यसपटक गौतम पुनः चुनाव लड्न प्युठान छाडेर बर्दिया नै गएपछि त्यहाँ धेरै समस्या देखियो । मान्छेले उनका भाषण र आश्वासन पटक्कै रुचाएको देखिएन ।

वामदेव काठमाडौंबाट पुगेको टोली लिएर धूलो उडाउँदै हिँड्ने गर्थे, तर स्थानीय जनता र कार्यकर्तासँग उनले सम्बन्ध नै नराखेको गुनासो कार्यकर्ताहरुबाट आयो ।

स्थानीयलाई उपेक्षा, काठमाडौंमै बन्यो चुनाव परिचालन कमिटी
वामदेवले बर्दिया १ बाट उम्मेदवारी मनोनयन गरेपछि पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज गौरा प्रसाई कोइराला र अध्यक्ष हरि ज्ञवालीले निर्वाचन परिचालन कमिटी गठनको प्रस्ताव राखेका थिए । तर, गौतमको परिचालन कमिटी काठमाडौंबाटै गठन भएर त्यहाँ पुगेको थियो । कुनै पनि जनमत नभएका, विभिन्न काण्डमा बद्नामी कमाएका र पार्टीभित्र तथा बाहिर कुनै पकड नभएका व्यक्तिहरु नै वामदेवको किचन क्याबिनेटमा भएको देखिएको छ ।

बर्दियामा पनि वामदेवको चुनाव हाँक्ने हाइकमाण्ड यिनैले सम्हालेका थिए । जिल्ला इञ्चार्ज गौरा प्रसाईलाई आन्तरिक बैठकमा समेत बोलाइएन । जिल्ला अध्यक्ष ज्ञवालीलाई गुलरिया नगरको चुनाव परिचालन संयोजकमा सीमित गरियो । र, कृषि मन्त्री हँुदा रोपाहार महिलालाई हात हालेका कारण राजीनामा दिन बाध्य भएका हरि पराजुलीदेखि जोगीसँग मिलेर अनेक काण्डमा मुछिएका डीबी कार्यहरु वामदेवका सारथि बनेका थिए ।

निवर्तमान सांसद श्याम ढकाललाई वडामा खटाइएको थियो । अरु स्थानीय प्रभावशाली नेताहरुलाई कुनै भूमिका दिइएन, जसले बर्दियामा कसैलाई चिन्दैनन्, उनीहरु हाइकमाण्ड सम्हाल्दै २०÷३० वटा गाडीमा धुलो उडाउँदै हिँडेका थिए । तर, उनीहरुले भोट घटाउने बाहेक एक भोट पनि बढाउने काममा योगदान गरेनन् ।

छानविन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा वामदेव पराजयको मुख्य कारण यही “रेडिमेट हाइकमाण्ड” लाई देखाइएको छ । यो हाइकमाण्डले जिल्लाका नेता÷कार्यकर्तालाई भूमिका नदिने र वामदेवलाई २८ हजार मतान्तरले जितिन्छ भन्दै ढुक्क पार्ने काम गरेको छानविन समितिले जनाएको छ ।

थारु र मधेसविरोधी छवि
नेता वामदेव गौतम वाम एकताको पक्षधर भए पनि मधेसी र थारुको सवालमा निकै अनुदार नेता मानिए, सो समुदायको बुझाइमा । यसपालिको पराजयमा उनको थारु र मधेसविरोधी छविले पनि काम गरेको पाइएको छ ।

वामदेव गौतमविरुद्ध रेमशलाल चौधरीको समूह एक वर्षदेखि सक्रिय थियो । थरुहट आन्दोलनका बेला गृहमन्त्री रहेका गौतमले दमन गरेको र नेपालको इतिहासमा मधेस र थरुहट भन्ने भूमि नै थिएन भनेर भाषण गरेको विषयलाई तलसम्म प्रचारमा लगियो । एमाले नेता गौतमले एकताका पार्टीको केन्द्रीय बैठकमा “मधेस” भन्ने शब्दमै आपत्ति जनाएपछि रघुवीर महासेठले उनलाई सम्झाएका थिए । गौतमको यो धारणाबारे स्थानीय तहमा थारु र जनजातिले “नोट” गरेको पाइएको छ ।

आन्तरिक छानविन कमिटी स्रोतका अनुसार बर्दियामा मधेसी मतदाता खासै धेरै नभए पनि त्यहाँ रहेको कम्तिमा १० देखि १२ हजार थारु मत वामदेवकै कारण वाम गठबन्धनबाट कांग्रेसतिर लागेको छानविनका क्रममा पाइएको छानविनमा संलग्न व्यक्तिहरुले जनाएका छन् ।

माओवादीका अधिकांश मताधार भएका क्षेत्र थारु बाहुल्य थिए, जहाँबाट वामदेवलाई मत कम आयो । र, यसलाई “माओवादी बिकेको” भनिए पनि त्यो भन्दा बढीचाहिँ गौतमको थारुविरोधी छविले बढी भूमिका खेलेको एमालेका स्थानीय नेताहरुको दाबी छ ।

अट्याच बाथरुम र भकारीवाला भाषण
चुनावी भाषण गर्ने क्रममा उत्तेजित हुने र ब्रम्हाण्डमै बहुदलीय जनवाद लागू गर्छौं भन्न पछि नपर्ने वामदेवलाई आफ्नै भाषणले पनि डुबाएको पाइएको छ । गौतमले चुनावका क्रममा हरेकलाई अट्याच बाथरुमसहितको पक्की घर र एक घरमा दुई रोजगारी अनि जग्गा सरकारीकरण गरेर घर÷घरमा भकारी भरी धान दिने बताएका थिए । वामदेवको यो भाषणलाई मतदाताले हावादारी मानेको भेटियो । त्यसो त वामदेवले मिडिया म्यानेज पनि गर्न नसकेको देखिएको छ । गौतम एमालेभित्र मिडिया फ्रेण्ड्ली नेताका रुपमा चिनिँदैनन् । कैंयो पत्रकारले अन्तरवार्ता लिन खोज्दा पनि उनी मिडियाबाट तर्केर हिँडेको र उनको पक्षमा जनमत बढ्न सकेन ।

अन्तर्घात पनि जिम्मेवार

वामदेवको पराजयमा अन्तर्घात पनि एउटा सहायक कारण देखिएको छ । गौतम र बिष्णु पौडेलले स्थानीय तहको चुनावकै बेला त्यहाँका लोकप्रिय युवा नेता खड्गबहादुर खड्कालाई प्रदेशसभाको उम्मेदवार बनाउने भनेर मेयरको दाबी झिक्न लगाइएका रहेछन् । यसपटक अन्तिम घडीमा वामदेवले प्रदेशमा खड्कालाई टिकट नदिई कविराम थारुलाई दिए । खड्गले वामदेवविरुद्ध बागी उम्मेवारी दिएका थिए । सबैको दबावपछि उनले बागी उम्मेदवारी त फिर्ता लिए, तर खड्का र उनका समर्थकहरु वामदेवको प्रचारमा हिडेको पाइएन ।

पार्टीका स्थानीय नेता कार्यकर्तालाई वामदेवसँग सम्पर्कमै जान नदिन काठमाडौंबाट आएको “रेडिमेट हाइकमाण्ड”ले पनि भूमिका खेल्यो । कार्यकर्ताको असन्तुष्टिलाई मिलाउनेतिर गौतमले कुनै प्रयास नगरेको पाइएको छ । सबै स्रोतसाधन हाइकमाण्डको हातमा रहेको र स्थानीय तहमा एमाले र माओवादीको मत जोड्दा २८ हजारको फरक थियो । त्यसैले वामदेवको हाइकमाण्डले स्थानीय नेता÷कार्यकर्तालाई बाइपास गरेको पाइएको छ । कार्यकर्ताहरु औपचारिकताका लागि खटिए पनि भित्रीरुपमा वामदेवलाई जिताउनैपर्छ भनेर नलागेको भेटिएको छ ।

छानविन समितिले जिल्ला कमिटी सदस्यसम्मका करिव एक दर्जन नेताहरुलाई कारवाहीको सिफारिस गरेको स्रोतले जनाएको छ । उनीहरुमाथि वामदेव हराउन भूमिका खेलेको आरोप छ । अन्तरघातमा केन्द्रका सूर्य थापा, ईश्वर पोखरेलको समेतको भूमिका रहेको वामदेव पक्षका नेताहरुले बताउने गरे पनि छानविन समितिले तल्लो कमिटीका कार्यकर्ताको मात्रै कमजोरी औंल्याएको छ ।

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Prachanda Karki

    Bamdev hareko hoina jiteko Ho pura nepali ko samarthan ma

    Comment Author

    Bikram Bhusal

    Lilaram Timilsina

      Comment Author

      Bikram Bhusal

      Kshitiz mukhya kura ta xutexata

      Comment Author

      Kshitiz Mathers Ghimire

      Ekdamai ni..
      Samrat Poudel Milan Rimal Kiran Poudel Lokendra Rawat
      Mukhya karan k ho.. Vanna paryo aba ??

      Comment Author

      Bikram Bhusal

      Tyo ta vannu hunna…..hamimai simit hunu parxa hai

      Comment Author

      Lilaram Timilsina

      Mukhya doshi lai karbahi hunai parx ki kaso Samrat dai

      Comment Author

      Bikram Bhusal

      Hunu paryo ni Lilaram bhai…..tesai bamdev kamred lai harauna painxa

      Comment Author

      Kshitiz Mathers Ghimire

      teso vaye Bhusal dai lai karbahi garna paryo.. haina ta Samrat dai

      Comment Author

      Lilaram Timilsina

      Ekdam

    Comment Author

    Madhav Dhungel

    जन्ताले भोट नदिएर हारे ।

    Comment Author

    Ram Raja Tiwari

    भावी प्रधानमन्त्री हुम भन्ने कुराले नी धेरै असर पर्यो की जस्तो लाग्छ!

    Comment Author

    Hom Jung Shah

    आफै झॉक्री आफै बोक्सी

    Comment Author

    Baburaja Paudel

    karbihi gara ra pati li pachadi dakalnu vanada janta ko man najitara ho kamred ghar ka li biswas nagara ra ho

    Comment Author

    Baburaja Paudel

    yak jana mancha la napatauna li liyar hida pachi chunab jitin6 kamred

    Comment Author

    Gobinda Pokhrel

    Jantale napatteyar

    Comment Author

    Sewakar Pandey

    Bhrastracharima Emale maddhe sadabahar ek numbari bhaeko ,shrimatilai samanupatikko ummedwar banaeko huda,Home Minister hunda Ramesh Kharel jasto manchhelai bhetana aainas bhanekole,kaile Pyuthan ta kahile Bardiya sarirahekole,sthaniyalai bhanda bharautelai badhi bishwas garda,naba Ranashahi poj ra shanma thattida ra lagatar eutai k hi nagarne manchhe dekhna pani wakka lagne ,aadi karanle.

    Comment Author

    Arjun Kumar Shrestha

    Haina yo manche ko ho kina bak bak gare baschha yes ko k cha hareko manche chu chap basnu ni khali.facebook.ma aako.aakai gerch ba malai.aatinai.mn na perne manche nepal ko yo nai ho kukur ho yo jantakai jhukkyana shakina yo pala haruo chunb hahahahahaha guhu khuwaunu oercha yea lai

    Comment Author

    Narbahadaur Kunwar

    एउटा एमाले बरिषट उपाध्यक्षकाे पनि ठुलाे हात छ

    Comment Author

    Purna Kaji Jyapu

    कमरेड!हारजीतको कुरा होइन?राष्ट्र,पार्टी कसरी अगाडि बधाउने तिर लाग्नु,हामी जन्ता र कार्यकर्ता भावना बुझ्नु

    Comment Author

    Santosh Kumar Shrestha

    kin harnu vot payen haryo.yeti pani thaha xaina.

    Comment Author

    Marasini Umakanta

    Janatalai sadhai raiti samjhida astai hunchha chetana hos

    Comment Author

    Umesh Bista

    Vote na aayara. Hey hey……….!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?