चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
१७ पटक हेरिएको
Shares
चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनलसँग पश्चिम सेतीको संयुक्त सम्झौता

सारांश

  • नेपालसँग भएका सम्झौताहरू धमाधम रद्द हुन थालेपछि पाँच वर्षदेखि ‘होल्ड’ मा रहेको पश्चिम सेतीको चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले विद्युत् प्राधिकरणसँग बिहीबार संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) सम्झौता गरेको छ।
  • गत २०१७ को जनवरी १६ मा संयुत लगानीको मस्यौदा सम्झौतामा हस्ताक्षर गरेर सम्पर्कमा नआएको सीटीजीआई नेपाल सरकारले बूढीगण्डकीको सम्झौता रद्द गरेपछि एकाएक आएको हो।
  • संयुक्त लगानी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सीटीजीआईका तर्फबाट निर्देशक याओ फेक्सिओङले हस्ताक्षर गरे।

नेपालसँग भएका सम्झौताहरू धमाधम रद्द हुन थालेपछि पाँच वर्षदेखि ‘होल्ड’ मा रहेको पश्चिम सेतीको चिनियाँ प्रबद्र्धक चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले विद्युत् प्राधिकरणसँग बिहीबार संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) सम्झौता गरेको छ। गत २०१७ को जनवरी १६ मा संयुत लगानीको मस्यौदा सम्झौतामा हस्ताक्षर गरेर सम्पर्कमा नआएको सीटीजीआई नेपाल सरकारले बूढीगण्डकीको सम्झौता रद्द गरेपछि एकाएक आएको हो। संयुक्त लगानी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सीटीजीआईका तर्फबाट निर्देशक याओ फेक्सिओङले हस्ताक्षर गरे।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार बिहीबार भएको सम्झौतामा सीटीजीआईले सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेतीमा ७५ प्रतिशत र प्राधिकरणले २५ लगानी गर्नेछन्। ६ वर्ष सात महिनामा निर्माण सम्पन्न हुने गरी भएको सम्झौतामा यो आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत जोड्दा एक अर्ब ८१ करोड अमेरिकी डलर (हालको मूल्यमा एक खर्ब ८१ अर्ब रुपैयाँ) छ। निर्माण अवधिको ब्याजबाहेक आयोजना लागत एक अर्ब ४० करोड डलर छ। प्राधिकरणले आफ्नो सेयरबापतको स्वपुँजीको व्यवस्था सीटीजीआईले सहुलियत ऋणका लागि चिनियाँ एक्जिम बैंकलाई अनुरोध गर्नेछ। सम्झौतामा लगानी बोर्डले प्राधिकरणसँग भएको सम्झौता अनुमोदन र लगानी स्वीकृत गरेपछि मात्र संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको अधिकारीले बताए। यसपछि पश्चिम सेती निर्माण गर्ने कम्पनीको औपचारिक नाम ‘वेस्ट सेती हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड’ हुनेछ। सम्झौताअनुसार सीटीजीआईले आफ्नो मातहतमा रहने ७५ प्रतिशत सेयरमध्येबाट आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशतसम्म र त्यसबाट बाँकीमा स्थानीय नेपाली लगानीकर्तालाई १४ प्रतिशत सेयर दिन सक्नेछ।
नेपालको मन्त्रिपरिषद्ले सन् २०१२ को २९ अगस्टमा सीटीजीआईलाई पश्चिम सेती निर्माण-सञ्चालन-हस्तान्तरण (बुट) मोडलमा दिनेगरी अनुमोदन गरेको थियो। मन्त्रिपरिषद्ले स्वीकृत गरेयता सीटीजीआईले लगानी बोर्ड, ऊर्जा मन्त्रालयलाई ऊर्जा बजार, ऊर्जाको बिक्री मूल्य, स्थानीयलाई दिने शेयर, आयोजनाको जडित क्षमतालगायत दर्जनौं मुद्दाबारे स्पष्ट हुन चाहेको भन्दै सम्झौता गर्न आनकानी गरेको थियो। सरकारले उसले राखेका सबै जिज्ञासा लिखित रूपमा उपलब्ध गराए पनि संयुक्त उपक्रम सम्झौताका लागि तयार थिएन। ‘अनेक बहाना खोज्ने क्रममा उसले पश्चिमसेतीको जडित क्षमता ६ सय मेगावाट मात्र हुनेसम्म भन्यो,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘अहिले बूढीगण्डकी रद्द भएपछि उसले उठाउँदै आएका मुद्दामा कुनै आपत्ति नजनाई खुरुखुरु सही गर्‍यो।’

यसअघि विद्युत् प्राधिकरणले चिनियाँ ठेकेदार कम्पनीले जिम्मा लिएको हेटौडा-भरतपुर प्रसारण लाइन तथा ढल्केबर सब स्टेसनको ठेक्का सम्झौता रद्द गरेको थियो। यो आयोजना अस्ट्रेलियाली इन्जिनियरिङ कम्पनी स्मेकले १६ वर्षसम्म लाइसेन्स लिएर निर्माण गर्न सकेको थिएन। भारतीय बजारलाई लक्षित गरी आयोजना विकास गरे पनि भारतमा उसको बिजुली खरिदको सुनश्चितता नभएकाले एसियाली विकास बैंक (एडीबी) लगायत बहुपक्षीय निकायले हात झिकेपछि आयोजना अलपत्र परेको थियो। झलनाथ खनाल सरकारले खारेज गरी माओवादीले नै ऊर्जा मन्त्रालय नेतृत्व गरेको बेला पश्चिम सेतीको पनि बिनाप्रतिस्पर्धा सीटीजीआईलाई दिइएको थियो।

अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?