सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह
सारांश
- काठमाडौँ, २९ कात्तिक ।
- गायक अंकित बाबु अधिकारिको ‘सम्झनालाई’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
- फरक स्वादको यो गीतमा किरण भुषालको संगीत तथा यमन सुबेदीको शब्द रहेको छ भने गीतको संगीत संयोजन अनिल धितालले गरेका छन् ।
काठमाडौँ, २९ कात्तिक । गायक अंकित बाबु अधिकारिको ‘सम्झनालाई’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । फरक स्वादको यो गीतमा किरण भुषालको संगीत तथा यमन सुबेदीको शब्द रहेको छ भने गीतको संगीत संयोजन अनिल धितालले गरेका छन् ।

निकै फरक अन्दाजको गीत ‘सम्झनालाई’ को भिडियो पनि उत्तिकै रोचक बनेको छ । नेवार समूदायको केटीका लागि ब्राह्मण समूदायको केटाको एकोहोरो प्रेम हास्य शैलीमा देखाइएको छ ।

अभय बराल, संकेत धिताल, सौरभ ढकाल तथा ममता लामिछानेको जीवन्त अभिनयले भिडियोलार्इ थप सुन्दर बनाएको छ । गीतको निर्देशन नविन चौहानले गरेका हुन् भने नृत्य निर्देशन स्वयम ममताले गरेकी हुन् ।
भिडियोः
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया