पूर्व मन्त्रीलाइ ३ दिन थुनामा राखिने
सारांश
- काठमाडौँ, ३ भदौ ।
- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न काभ्रे जिल्ला अदालतले आदेश दिएको छ ।
- प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
काठमाडौँ, ३ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न काभ्रे जिल्ला अदालतले आदेश दिएको छ । प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।
सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै उनी शुक्रबार पक्राउ परेका थिए । आगजनी मुद्दामा पक्राउ परेका नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त) समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले प्रकाण्डलाई पनि सोही मुद्दामा मुछेको हो । काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो । काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वाैच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो ।
कांग्रेस नेता लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका थिए । आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो । आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ । प्रकाण्डकै नेतृत्वमा आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो । बिश्वकर्मा पूर्व मन्त्री समेत हुन् ।
प्रतिक्रिया