नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

सारांश

  • काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।
  • संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
  • ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नु हुनेछ’, कम्पनीले जनाएको छ ।

काठमाडौं, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नु हुनेछ’, कम्पनीले जनाएको छ ।
जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा रू. १७ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २९ हजार ५ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?