संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
१७ पटक हेरिएको
Shares
संघीय संसद्को सचिवमा पाण्डेय र अर्याल सिफारिस

सारांश

  • काठमाडौं ।
  • संघीय संसद सचिवालयको रिक्त दुई सचिव पदमा पद्मप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ ।
  • सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डेय र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन् ।

काठमाडौं । संघीय संसद सचिवालयको रिक्त दुई सचिव पदमा पद्मप्रसाद पाण्डेय र सुरेन्द्र अर्यालको नाम सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार कार्यबाहक राष्ट्रपतिको जिम्मेवारीमा रहेका उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पाण्डेय र अर्यालको नाम रिक्त सचिव पदमा सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा सचिवमा नायव महान्यायाधीवक्ता पाण्डेय र राष्ट्रिय सभा सचिवमा सहसचिव अर्यालको नाम सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल १५ वैशाखमा सकिएपछि रिक्त उक्त पदमा पाण्डेय र आचार्यको नाम सिफारिस गरिएको हो । अब राष्ट्रपतिले उनीहरुको नाम स्वीकृत गरेपछि नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?