सीप सिक्दै, आत्मनिर्भर बन्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
सीप सिक्दै, आत्मनिर्भर बन्दै

सारांश

  • काठमाडौं ।
  • तनहुँको म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिके ।
  • सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ ।

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिके । सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफौँ उद्यमी बन्ने तयारीमा छन् ।

“अहिलेसम्म घरायसी काममा व्यस्त रहँदै आएको छु, गाउँपालिकाले सीप सिकायो”, विकले भने, “अब उद्यमी बन्ने सोचेको छु ।” विकले घरमै यत्तिकै बस्नुभन्दा आयआर्जनतर्फ लाग्न सके आत्मनिर्भर बनिने उल्लेख गरे ।

सोही ठाउँ निवासी विष्णु श्रेष्ठ सीप सिकेपछि आयआर्जनतर्फ लाग्ने बाटो खुलेको बताए । “तालिमले सीप सिकायो, अब सीपको सदुपयोग गरेर आत्मनिर्भरको बाटोमा अगाडि बढ्छु”, उनले भने, “क्रिष्टलका गहना बनाएर बिक्री गर्न सकिए राम्रो आम्दानी हुन्छ ।” श्रेष्ठले आफूहरूले उत्पादन गरेको गहना बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले उत्साह जागेको बताए ।

स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमका लागि माला बनाएर बिक्री गर्न सकिनेमा स्थानीयवासी शिवकुमारी राना विश्वस्त छिन् । “टोल–टोलमा कार्यक्रम हुन्छन्, त्यहाँ स्थानीयस्तरमै उत्पादित माला बिक्री वितरण गर्न सकिन्छ, यसले गर्दा आयआर्जन पनि हुने”, उनले भने।

आफूलाई आवश्यक परेको र प्रयोग गर्दै आएका सबै सामान आफौँले बनाउन सक्ने भएपछि गङ्गा श्रेष्ठले अब सीपलाई निरन्तरता दिने बताए । “दुबोको माला, फाइवरको माला आफौँले बनाउन सक्ने भएका छौँ, स्थानीय कार्यक्रममा बाहिरबाट किनेर ल्याउने माला अब आफैँले बनाएर बिक्री गर्न सक्छौँ”, उनले भने । थोरै लगानीमा पनि व्यवसाय विस्तार गर्न सकिने भएकाले अब यसतर्फ लाग्ने उनले बताए ।

म्याग्दे गाउँपालिकाले यहाँका महिलालाई सीपमूलक तालिम दिन थालेपछि उनीहरू उत्साहित भएका छन् । महिलालाई सीप सिकाइ आयआर्जनतर्फ लैजान खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “यहाँका महिलालाई मागका आधारमा सीपमूलक तालिम दिन थालेका छौँ”, उनले भने ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गाउँपालिकाले महिलालाई सीपमूलक तालिम प्रदान गरिरहेको फोकल पर्सन एवं अधिकृत प्रदीप न्यौपानेले बताए । उनका अनुसार घरायसी कामकाजमा व्यस्त रहने महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न तालिम दिन सुरु गरिएको हो । “माग र आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ”, उनले भने, “यसले गर्दा महिलालाई आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

गाउँपालिकाले म्याग्दे–२ जामुनेका महिलालाई अचार बनाउने तालिम प्रदान गरेको छ । सो क्रममा १९ महिलालाई १५ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको छ । म्याग्दे गाउँपालिकाका श्रीप्रसाद श्रेष्ठले महिला सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
नागरिक उड्डयन दिवस आज, विविध कार्यक्रम गरी मनाइदै
नागरिक उड्डयन दिवस आज, विविध कार्यक्रम गरी मनाइदै
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !
पारस र ज्ञानेन्द्रकाे सतकिय साझेदारी, कप्तान पारसकाे अर्धसतक पुरा !
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
जब भ्वाइस अफ नेपालमा निर्मला पन्तको बलात्कारी विरुद्ध आवाज उठ्यो
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
विश्वकप क्रिकेट: समूह चरणमा शतप्रतिशत जित निकाल्ने एक्लो टिम भारत
यसरी लिए न्याय परिषद्का सचिव निरौलाले पराजुलीसंग बदला !
यसरी लिए न्याय परिषद्का सचिव निरौलाले पराजुलीसंग बदला !
आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति
आगलागीबाट २ जनाको मृत्यु तथा विभिन्न धनमाल क्षति
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी

तपाईंले छुटाउनुभयो कि?