लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ७, २०७९
|
|
२१ पटक हेरिएको
Shares
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा

सारांश

  • काठमाडौ  ।
  • सिटिजन्स बैंकले मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात गरेको छ ।
  • बैंकले २०७९ सालको तिहारको लक्ष्मी पूजाको दिन पारेर उक्त सेवाको सुरुवात हो ।

काठमाडौ  । सिटिजन्स बैंकले मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात गरेको छ । बैंकले २०७९ सालको तिहारको लक्ष्मी पूजाको दिन पारेर उक्त सेवाको सुरुवात हो ।

यो मेसिनबाट ग्राहकले कुनै भौतिक फारम बिना नै सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्य कसैको बैंक खातामा खाता नम्बरको आधारमा रकम जम्मा गर्न सक्नेछन् ।

क्यास डिपोजिट मेसिनबाट ग्राहकले १ हजार र ५ सय दरका नोटहरू मात्र जम्मा गर्न सक्नेछन् । यो सेवासँगै शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने बैंकको विश्वास छ ।

अहिले बैंकको दरवारमार्ग शाखा ९नारायणहिटी पथ० बाट यो सेवा सञ्चालनमा छ । यसलाई क्रमशः देशका अन्य शाखाहरूमा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले प्रभावकारी ढंगले अगााडि बढाएको बताएका छन् ।

सिटिजन्स बैंकले हाल १८० वटा शाखा, १३३ वटा ए।टि।एम। र ९६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?