आज देशभर वर्षा र हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आज देशभर वर्षा र हिमपातको सम्भावना

सारांश

  • काठमाडौं।
  • पश्चिम वायुको प्रभावले उच्च पहाडी भागमा भारी वर्षा रहिमपात हुने भएको छ ।
  • आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं। पश्चिम वायुको प्रभावले उच्च पहाडी भागमा भारी वर्षा रहिमपात हुने भएको छ ।
आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भने, ‘उपत्यकामा आज बिहानैदेखि पानी पर्छ र दिउँसो पनि बादल लागिरहनेछ। यो क्रम शुक्रबारसम्म चल्नेछ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र देशको पश्चिमी साथै मध्य भूभागमा भारी वर्षा समेत हुने सम्भावना देखिएको छ।
उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्ले नगरकोटीले जानकारी दिए।
यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा र उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति भने देशभर सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले जनाकारी दिए।
गत पुस २३ गतेयता पश्चिमी वायू प्रभाव तिब्र रुपमा पर्दै आएको छ। पश्चिमी वायूको प्रभावले पुस २३ गते यस वर्षको पहिलो हिउँदे वर्षा समेत भएको थियो।
माघ पहिलो साता आएको अर्को पश्चिमी वायूको प्रणालीले देशभर कतै भारी वर्षा त कतै भारी हिमपात भएको थियो। यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले माघ ११ र १२ गते पनि भारी वर्षा भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?