नेकपाका अध्यक्ष दाहाल थाइल्याण्डमा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेकपाका अध्यक्ष दाहाल थाइल्याण्डमा !

सारांश

  • काठमाडौं, ४ असार ।
  • नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएका छन् ।
  • गएराती उनी अचानक थाइल्यान्ड गएको पारीवारीक स्रोतले जनाएको छ ।

काठमाडौं, ४ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएका छन् ।

गएराती उनी अचानक थाइल्यान्ड गएको पारीवारीक स्रोतले जनाएको छ । उनी राती १० बजेपछि त्यता प्रस्थान गरेका हुन्। उनका साथमा छोरी गंगा दाहाल र प्रेस सहयोगी मनहरि तिमिल्सिना पनि गएका छन् ।

यसअघि उनी दिल्ली गएका थिए । दाहाल केही समययता सुगर, प्रेसर, थाइराइड लगायतका रोगबाट ग्रसित छिन्।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले फेसबुकमा फोटो शेयर गर्दै लेखेका छन्, ‘शुभयात्रा’ ।

सीता सुगर, प्रेसर लगायतका समस्याबाट पीडित छिन् । छोरा प्रकाशको असामयिक निधनपछि उनलाई रोगले झन् च्याप्ने गरेको पारिवारिक स्रोत बताउँछ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    बिचरा सङ्ग भएको 3 तोला सुन अनि 1 गट्ठा बाउले दिएको जग्गा बेचेर स्वास्नी को उपचार खर्च पुग्ने हो कि होइन ।
    त्यही भएर यो साम्यवादी सर्बहारा र सुकुम्बासी नेता बन्नु पनि केही छैन।आफ्नो स्वास्नी लाई चिसो तातो, रुघाखोकी लाग्दा,पेट दुख्दा,टाउको दुख्दा,अलि साह्रो अलि गिलो दिशा ,पाद आउने जस्ता भयानक भयानक रोग लाग्दा अमेरिका बेलायत लगेर उपचार गराउने हैसियत सम्म नभएर सिङ्गापुर ,थाइल्यान्ड जस्तो सन्सार कै सबैभन्दा गए गुज्रेको र सस्तो ठाँउ को अस्पतालमा लानु परेको छ कठै बिचरा।।।।।।।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?