ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सारांश

  • मुग्लिन।
  • चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।
  • नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

मुग्लिन। चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक २७ वर्षीय निदेश नेपाल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस

छोखोर दुछेन अर्थात् धर्मचक्र प्रवर्तन महोत्सव

भोट हिमाली क्षेत्रका बौद्धमार्गीहरूले आजको दिनलाई छोखोर दुछेन अर्थात् भगवान शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्मचक्र प्रवर्तन गर्नु भएको दिनको रूपमा मान्ने गर्दछ । यस दिनलाई भोट ज्योतिष पात्रो अनुसार छैठौँ महिनाको चतुर्थी तिथिको दिन परेकोले भोट भाषामा डुक्पा छेजी भन्ने गर्दछ ।

शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पश्चात् आज कै दिन भारत उत्तर प्रदेश वाराणसीको सारनाथ मृगदाव ऋषिपत्तन वनमा पहिलो पटक पञ्चवर्गीय भिक्षु ९अज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिय० लाई चार आर्य सत्य ९दुःख – संसारमा दुःख छ । समुदाय – दुःखको कारण छ । निरोध – दुःख कारणको निवारण छ । मार्ग – दुःख कारण निवारणको लागि आर्य अष्टांगिक मार्ग छ ।० को उपदेश दिनु भएको थियो । जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ ।

धर्मचक्र प्रवर्तन महोत्सवका दिन बौद्धमार्गीहरूले पवित्र स्थानहरूमा धार्मिक प्रवचन र गोन्पाहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका र उपसाक, उपसिकाहरू शील धारण गरी पाठपूजाको साथै ञ्युङन्ये मौनव्रत बस्ने प्रचलन पनि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?