रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
रातको समयमा घेरा हाली हालेर आक्रमण , १५ प्रहरीको अवस्था गम्भीर स्थिति नियन्त्रण बाहिर

सारांश

  • मधेसकेन्द्रित दल राजपाका कार्यकर्ताले रातको समयमा प्रहरीलाई घेरा हालेर आक्रमण गरेका छन् ।
  • रौतहटको गरुडामा गएराति राजपा कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्दा १५ जना प्रहरी गम्भीर घाइते भएका छन् ।
  • राजपा कार्यकर्ताले प्रहरीको संवेदनशील अङ्ग टाउको र छातीमा हानेका थिए ।

मधेसकेन्द्रित दल राजपाका कार्यकर्ताले रातको समयमा प्रहरीलाई घेरा हालेर आक्रमण गरेका छन् । रौतहटको गरुडामा गएराति राजपा कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्दा १५ जना प्रहरी गम्भीर घाइते भएका छन् ।

राजपा कार्यकर्ताले प्रहरीको संवेदनशील अङ्ग टाउको र छातीमा हानेका थिए । आक्रमणमा परी अधिकांश प्रहरीको टाउको र छातीमा गम्भीर चोट लागेको गरुडा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।

एक जना प्रहरीको हातको हड्डी भाँचिएको उनले बताए । घाइते प्रहरीको उपचार गरुडा, चन्द्रनिगाहपुर र गौरका अस्पतालहरुमा भैरहेको छ ।मधेसी जनताको भोट बटुल्ने उद्देश्यले राजपाले प्रहरी प्रशासनको वदनाम गर्ने भिडियो बनाएर विभिन्न स्थानमा देखाउँदै आएको छ ।

प्रहरीले मधेसी जनतामाथि दुव्र्यवहार गरेको भिडियो बनाएर विहीबार राजपा कार्यकर्ताले गरुडामा प्रदर्शन गर्न लागेका थिए । मधेस आन्दोलनका नाउँमा मधेसकेन्द्रित दलहरुले गरेको नाकाबन्दीको समयको भिडियो बनाएर राजपाले २ नं प्रदेशमा देखाउँदै आएको छ ।

मधेसी दलले गरेको ज्यादति भने भिडियोमा समावेश छैन । नाकाबन्दीका समयमा मधेसी दलका कार्यकर्ताले प्रहरीमाथिको आक्रमण र हत्याबारेका घटना लुकाएर केवल प्रहरी प्रशासनले दमन गरेका दृश्यहरु राखेर राजपाले भिडियो बनाएको छ । सोही भिडियो प्रदर्शन गर्नबाट रोक्न गएको प्रहरीमाथि राजपा कार्यकर्ताले घेरा हालेर आक्रमण गरेका थिए ।

प्रहरीलाई घेरा हालेर आक्रमण गरेपछि प्रहरीको थप बल गरुडामा पठाएर स्थिति नियन्त्रणमा लिइएको थियो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर गर्नुका साथै दजनौं अश्रुग्याँस प्रयोग गरेको थियो ।

अहिले गरुडाको अवस्था सामान्य रहेको छ । आक्रमणकारीतर्फ राजपाका ३ कार्यकर्ता घाइते भएका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Machhindra Nath Neupane

    सुरक्षा मा सजगता अप्नाउन जरुरी देखियाे ।

    Comment Author

    Tiljapun Magar

    खुकुलो सुरक्षाको परिणाम

    Comment Author

    CR Pankaj Kc

    बिहारी हरु लाई लखेट्नु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
भारत–पाकिस्तान सीमा लाइन–अफ–कन्ट्रोलमा सैनिक कारबाही, ४ भारतिय सेना सहित ८ काे मृत्यु !
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
२० वर्षमा २१ प्रतिशतले घट्याे पुड्कोपन, यसकारण घटाउन सकिन्छ !
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
राजदूत निरञ्जन थापा फिर्ता, अञ्जान शाक्य इजरायलका लागि नयाँ राजदूत
कृष्णप्रसाद सिटौला ३६ सय मतले पछाडि
शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर
शर्माले सहकारीको साढे ११ अर्ब हिनामिना गरेको ठहर
ओली सरकार सबै कुरामा असफल भयोः डा. महत
ओली सरकार सबै कुरामा असफल भयोः डा. महत
उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ : अध्यक्ष दाहाल
उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ : अध्यक्ष दाहाल