भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक

सारांश

  • भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर द क्रिएसन फेसन स्कूलले काठमाडौंमा ‘भ्यालेन्टान्स फेसन शो सिजन ८’ आयोजना गरेको थियो ।
  • बालुवाटारस्थित द टाइम्स स्क्वायरमा बिहिबार राती आयोजित फेसन शोमा विभिन्न तीन सिक्वेन्समार्फत भ्यालेन्टाइन विशेष पहिरनहरु प्रदर्शन गरियो ।
  • एक दर्जन मोडलहरुले विभिन्न फेसन डिजाइनरहरुद्वारा तयार पारिएका पहिरन पहिरिएर क्याटवाक गरे ।

भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर द क्रिएसन फेसन स्कूलले काठमाडौंमा ‘भ्यालेन्टान्स फेसन शो सिजन ८’ आयोजना गरेको थियो । बालुवाटारस्थित द टाइम्स स्क्वायरमा बिहिबार राती आयोजित फेसन शोमा विभिन्न तीन सिक्वेन्समार्फत भ्यालेन्टाइन विशेष पहिरनहरु प्रदर्शन गरियो ।

एक दर्जन मोडलहरुले विभिन्न फेसन डिजाइनरहरुद्वारा तयार पारिएका पहिरन पहिरिएर क्याटवाक गरे । फेसन शोमा अभिनेत्री सुपुष्पा भट्ट तथा टेलिभिजनकर्मी तथा मोडल निलम चन्द सोजटपरको रुपमा रहेका थिए ।

प्रशान्त ताम्राकारद्वारा कोरियोग्रँफी गरिएको फेसन शोमा बिना थापा, अर्चना काउचा मगर, अनिता श्रेष्ठ, हेमा गुरुङ, सबिना गुरुङ तथा त्रिवेदी बुटिकद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरिएको थियो ।

फेसन शोमा श्रद्धा सुमन सिलवाल, अञ्जना बराइली, पूजा गिरी, उकिरा लामा, पूजा पुरी, हेली जोनी प्रधान, हेमा हमाल, फ्लाबिया श्रेष्ठ, राभ्ना, श्वेता श्रेष्ठ आदि मोडलहरुले क्याटवाक गरेका थिए ।

फेशन शो सम्पन्न गराउन मोबाइलबाट ट्याक्सी बुकिङको सेवा प्रदान गर्ने कम्पनी ट्याक्सीमाण्डु प्रा.लि., इकिइए केन फर्निचर (लाजिम्पाट), सानमिगेल बियर, त्रिवेदी बुटिक, एन्जल बुटिक, क्रमश ईन्टरटेनमेन्ट, बि एन्ड एस मेकअप स्टुडियो, तथा भेन्यु द टाइम्स स्क्वायर रहेको थिए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै द क्रिएसन फेसन स्कूलकी म्यानेजिङ डाइरेक्टर मनिता थापाले आगामी दिनमा पनि अझै ठुलो शो आयोजना गर्ने बताईन् ।

फोटोः मेघ महर्जन

(www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?