उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
३० पटक हेरिएको
Shares
उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त

सारांश

  • काठमाडौं।
  • संयुक्त राष्ट्रसंघको आह्वानमा सिरिया र इजरायलको सीमा क्षेत्रमा खटिने मिसन प्रमुखमा नेपाली सेनाका उपरथी ईश्वर हमाललाई राष्ट्रसंघले नियुक्त गरेको छ।
  • उनी हाल शिवपुरी स्टाफ कलेजमा कमान्डान्टका रूपमा कार्यरत रहेका छन्।

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा सिरिया र इजरायलको सीमा क्षेत्रमा खटिने मिसन प्रमुखमा नेपाली सेनाका उपरथी ईश्वर हमाललाई राष्ट्रसंघले नियुक्त गरेको छ।

उनी हाल शिवपुरी स्टाफ कलेजमा कमान्डान्टका रूपमा कार्यरत रहेका छन्। राष्ट्रसंघ मुख्यालयले फोर्स कमान्डरका रूपमा छनोट गरेकाले कार्यकाल सम्हाल्न हमाल छिट्टै गोलानहाइट जाने भएका हुन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नै उपरथी हमाललाई फोर्स कमान्डरका रूपमा नियुक्त गरेको जानकारी गराएका थिए। फोर्स कमान्डरको उच्च जिम्मेवारी पाउने उनी छैटौं उच्च नेपाली सैनिक अधिकारी हुनुहुन्छ। राष्ट्रसंघको मर्यादामा फोर्स कमान्डरलाई सहायक उपमहासचिवसरह मानिन्छ। उपरथी हमालले एक वर्षका लागि उक्त नियुक्ति पाएका हुन्।

संयुक्त राष्ट्रसंघको नियमावलीअनुरूप अर्काे वर्षका लागि उहाँले पुनः नियुक्ति हुनुपर्नेछ। शान्ति सैनिक पठाउने सम्बन्धित मुलुकले निरन्तरता दिएमा, कमान्डरले इच्छा राखेमा र संयुक्त राष्ट्रसंघले चाहना गरेमा तीन वर्षसम्म फोर्स कमान्डरको जिम्मेवारीमा रहन सक्ने यसअघिको अवस्थाले देखाएको छ।

सोही ठाउँमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधानसेनापति थापाले फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो। तत्कालीन नेपाली सेनाका उपरथीत्रय कृष्णनारायणसिंह प्रधान, भिक्ट्री राणा र पवनजंग पाण्डेले फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए। फोर्स कमान्डर शान्ति सैनिक पठाउने मुलुकलाई उपलब्ध गराइने सबैभन्दा माथिल्लो दर्जा हो।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकका ४३ शान्ति मिसनमा रही हालसम्म १ लाख २९ हजार ८ सय ९९ नेपाली सैनिकका सकल दर्जाले जिम्मेवारी सम्हालिसकेका  छन्।

सन् १९५८ देखि हालसम्म विश्व शान्ति स्थापनार्थ सहभागी हुँदा नेपाली सेनाका ६५ जनाले वीरगति प्राप्त ग।गरेका छन् भने ६६ गम्भीर घाइते भएका छन्। हाल विश्वका १२ वटा शान्ति मिसनमा ५ हजार ९६ नेपाली सैनिक परिचालित छन्। त्यसमध्ये महिलाको संख्या १ सय ८१ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?