ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
५० पटक हेरिएको
Shares
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम

सारांश

  • ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले अघि  ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक सय मत गन्दा एमाले अगाडि छ ।
  • मेयरमा एमालेले ४५, कांग्रेसले ३६ र संघीय लिम्बुवान मञ्चले १३ मत ल्याएको छ ।
  • यस्तै उपमेयरमा एमालेले ४३, माओवादी २५, राप्रपा १९ र नयाँ शक्ति पार्टीले मात्र १ मत पाएको छ इलाममा सिसी टिभी राखेर मतगणना सुरु  इलाममा मतगणना सुरु भएको छ ।
ताप्लेजुङः फुङलिङ नगरपालिकामा एमाले अघि

 ताप्लेजुङको फुङलिङ नगरपालिकामा एक सय मत गन्दा एमाले अगाडि छ । मेयरमा एमालेले ४५, कांग्रेसले ३६ र संघीय लिम्बुवान मञ्चले १३ मत ल्याएको छ ।

यस्तै उपमेयरमा एमालेले ४३, माओवादी २५, राप्रपा १९ र नयाँ शक्ति पार्टीले मात्र १ मत पाएको छ

इलाममा सिसी टिभी राखेर मतगणना सुरु

 इलाममा मतगणना सुरु भएको छ । बिहीबार बिहान सर्वदलीय बैठक बसेपछि इलामका १० वटै स्थानीय तहमा मतगणना सुरु भएको हो ।

४ नगरपालिका र ६  गाउँपालिका रहेको इलाममा मतपेटिका राखिएको ठाउँमा सिसी टिभी जडान गरिएको छ ।

विराटनगर महानगरमा मतगणनाको तयारी
 दोस्रो चरण अन्तर्गत चुनाव भएका प्रदेश नम्बर १, ५ र ७ को एक मात्र महानगरपालिका विराटनगरमा मतगणना सुरु गर्ने तयारी भएको छ । सबै प्रतिनिधिहरु मतगणनास्थलमा प्रवेश गरेका छन् ।
एक मात्र महानगरपालिका भएकाले यहाँको मतगणनालाई निकै चासोको साथ हेरिएको छ । मतगणनास्थल बाहिर नेता कार्यकर्ताको भीड लागेको छ ।
प्यूठानको झिमरुकमा मतगणना सुरु, जनमोर्चाको अग्रता

प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता लिएको छ । झिमरुक गाउँपालिकाको वडा नम्बर १ को  २ सय मत गन्दा राजमोका अध्यक्षका उम्मेद्वारले ७६, एमालेका उम्मेद्वारले ६५ र माओवादी केन्द्रका उम्मेद्वारले ३५ र नेपाली कांग्रेसका उम्मेद्वारले १६ मत पाएका छन् ।

यस्तै मल्लरानी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवारले १ सय ९१ र उपाध्यक्षका उम्मेदवारले १ सय ६४, राष्ट्रिय जनमोर्चाका अध्यक्षका उम्मेदवारले १ सय ३२ र उपाध्यक्ष उम्मेदवारले १ सय ३१, कांग्रेसका अध्यक्ष उम्मेदवारले  १ सय २४ र उपाध्यक्ष उम्मेदवारले १ सय २३ तथा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ९५ र उपाध्यक्ष उम्मेदवारले १०० मत प्राप्त गरेका छन् ।

यस्तै सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५ सय २७ मत ल्याएर अग्रता लिनुभएको छ । एमालेलाई माओवदीका उम्मेदवारले ३ सय ७१ मत सहित पछ्याई रहेको छ । त्यस्तै कांग्रेसका अध्यक्षका उम्मेदवारले  ३ सय  मत प्राप्त गरेका छन् । प्यूठानमा ७ वटा गाउँपालिका र २ वटा नगरपालिका रहेका छन् ।

पञ्चेश्वर गाउँपालिकाको वडा नं ६ मा राप्रपाको प्यानल विजयी

बैतडीको पञ्चेश्वर गाउँपालिकाको वडा नं ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षमा राप्रपाका रामसिंह पुजारा २ सय ५६ मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्र भण्डारीले १ सय ८४ मत ल्याउनुभयो ।

यस्तै महिला सदस्यमा राप्रपाका सरस्वती पन्त भण्डारीले २ सय ४६, दलित महिला सदस्यमा शकुन्तला औजीले २ सय ४१, खुला सदस्यहरुमा राप्रपाकै गोविन्दसिंह भण्डारीले २ सय ९१ र कृष्णसिंह भण्डारीले २ सय ४१ मत ल्याएर विजयी हुनुभयो ।

यस्तै दशरथचन्द नगरपालिकामा राप्रपाले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २ सय मत गणना भइसक्दा मेयर पदमा राप्रपाका पुष्करराज जोशी ‘लख्खाभाई’ले ८८, नेपाली कांग्रेसका नरेन्द्रसिंह थापाले ५१, नेकपा एमालेका देवदत्त भट्टले ३३ र नेकपा माओवादी केन्द्रका खीमानन्द भट्टले १० मत ल्याउनु भएको छ ।

यस्तै उपमेयरमा राप्रपाकी अम्बिकादेवी भण्डारीले ६४, नेपाली कांग्रेसकी मीना चन्दले ५८, नेकपा एमालेकी सरस्वती नेपालीले २४ र नेकपा माओवादी केन्द्रकी कमला कार्कीले १२ मत ल्याउनुभएको छ ।

रुपन्देहीको समरीमाई गाउँपालिका–१ मा काग्रेसको प्यानल विजयी
रुपन्देहीको समरीमाइ गाउँपालिका वडा १ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा शिवकुमार यादव ७ सय ४० मतसहित विजयी हुनुभएको हो । उहाँले संघीय समाजवादी फोरमका उम्मेदवारलाई हराउनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १२ गते बिहिबारको राशिफल यस्तो छ
मंसिर १२ गते बिहिबारको राशिफल यस्तो छ
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम
‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
उत्कृष्ट जनज्योति विद्यालय
उत्कृष्ट जनज्योति विद्यालय
जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला
जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप
सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण
सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण
बिमस्टेक बैठक सम्पन्न, अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण