बालुवाटार घेर्न हिडेकालाई पानी र लाठीचार्ज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २९, २०७७
|
|
२२ पटक हेरिएको
Shares
बालुवाटार घेर्न हिडेकालाई पानी र लाठीचार्ज

सारांश

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका र विरोध प्रदर्शन उत्रिएकाहरुलाई प्रहरीले पानीका फोहरा र लाठी चार्ज गरेको छ ।
  • सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्ण रुपमा असफल भएको उनीहरुको दाबी छ ।
  • प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र लाठी बर्साएपछि उनीहरु नक्सालसम्म आईपुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका र विरोध प्रदर्शन उत्रिएकाहरुलाई प्रहरीले पानीका फोहरा र लाठी चार्ज गरेको छ । सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा पूर्ण रुपमा असफल भएको उनीहरुको दाबी छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र लाठी बर्साएपछि उनीहरु नक्सालसम्म आईपुगेका छन् । उनीहरुले सरकारलाई दश अर्ब पैसा के मा खर्च भयो ? कर केका लागि ? जस्ता प्रश्न गरेका थिए । उनीहरुले बोकेका प्लेकार्डमा हरेक चीजमा भ्रष्टाचार, हाम्रो नेपाल हाम्रो शान, हरेक चीजमा अनुदान, शक्तिमा भएका मानिहरुभन्दा मानिसको शक्ति बलियो, जनता भोकै सिममा, सरकार व्यस्त गफ दिनमा लगायतका नारा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?