देशैभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ८, २०७७
|
|
३९ पटक हेरिएको
Shares
देशैभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

सारांश

  • देशभर मनसुनी गतिविधि बढेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाले १२ जुनमा नेपालको पूर्वी भु भागबाट प्रवेश गरेको मनसुनले २१ जुनबाट देशैभर प्रभाव पारेको जनाएको छ ।
  • योसँगै मौसमी गतिविधि बढ्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न अनुरोध गरेको छ ।

देशभर मनसुनी गतिविधि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले १२ जुनमा नेपालको पूर्वी भु भागबाट प्रवेश गरेको मनसुनले २१ जुनबाट देशैभर प्रभाव पारेको जनाएको छ । योसँगै मौसमी गतिविधि बढ्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न अनुरोध गरेको छ ।

यसैगरी, गएराति देखि देशका विभिन्न भुभागमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायतका आसपासका जिल्लाहरुमा विहानै मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?