भारतीय कम्पनी सेरमले कोरोना भ्याक्सिनको मानवीय परीक्षण गर्न मान्यता पायो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, २० साउन ।
  • कोरोनाविरुद्व खोप निर्माण गर्ने दौडमा अग्रसर देखिएको भारतीय कम्पनी सेरमले मानवीय परीक्षण गर्न सरकारबाट मान्यता पाएको छ ।
  • भारतको शीर्ष औषधी नियामक निकायले सेरेम कम्पनीलाई अन्तिम चरणको मानवीय परीक्षणको लागि मान्यता दिएको हो ।

एजेन्सी, २० साउन । कोरोनाविरुद्व खोप निर्माण गर्ने दौडमा अग्रसर देखिएको भारतीय कम्पनी सेरमले मानवीय परीक्षण गर्न सरकारबाट मान्यता पाएको छ । भारतको शीर्ष औषधी नियामक निकायले सेरेम कम्पनीलाई अन्तिम चरणको मानवीय परीक्षणको लागि मान्यता दिएको हो ।

अक्सफर्डद्वारा निर्मित खोपको भारतमा सेरेमले मानवीय परीक्षण गर्नेछ । खोपको परिक्षणका लागी पुनेमा रहेको सेरेम हेडक्वाटरमा उच्च अधिकारीहरुले शुक्रबार प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा केन्द्रिय औषधी मानक नियन्त्रण संगठनका प्रमुखले समेत हस्ताक्षर गरेका थिए । उक्त प्रस्तावलाई सोमवार भारतीय स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो ।

दोस्रो र तेस्रो चरणको परिक्षणमा करिब १६ सय स्वयमसेवीहरु सहभागी गरिने जनाइएको छ । उक्त खोपको मार्केटिङ गर्न समेत प्रस्ताव अघि सारिएको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै मञ्चमा खोपको परिक्षण हुने भएको छ । मापडण्ड पुरा गरी खोपलाई भारतको विभिन्न स्थानमा समेत परिक्षण गरिने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्थान भने तोकिएको छैन् ।

खोपको परिक्षण सर्वप्रथम मुम्बई र पुनेमा हुने छ । खोपले सेता रक्त कोशिकामा टि सेलको विकास गर्न मद्दत गर्दछ । जसले भाइरसलाई मार्न अत्यधिक सक्षम हुने जनाइएको छ । टि सेल शरीरमा एन्टीबडी भन्दा बढी समयसम्म टिक्ने र भाइरससंग लड्न मद्दत पुर्याउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?