दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ५, २०७९
|
|
३३ पटक हेरिएको
Shares
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

सारांश

  • देउखुरी ।
  • दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ ।
  • बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् ।

देउखुरी । दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ ।

बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन सकेका छैनन । बङ्गलाचुली–५ की रीता नेपाली नौ महिनाकी गर्भवती छिन् । उनी बङ्गलाचुली अस्पतालमा स्वास्थ्य जाँच गराउन गइन् । गर्भमा रहेको बच्चाको अवस्था बुझ्न नेपाली सो अस्पताल पुगिन् । अस्पतालमा एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण उक्त सुविधा लिन पाइनन् । अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा पाउन नसकेको उनले गुनासो गरिन् ।

“गाउँमै अस्पताल भए पनि उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ ।” नेपालीले भनिन् । पूर्वाधार भएर पनि स्वास्थ्य सेवा पाउनका लागि सास्ती भोग्नु परेको स्थानीयवासीको गुनासो छ ।

स्थानीयस्तरमा अस्पताल सञ्चालनमा आए पछि यहाँका बासिन्दा गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाइने भयो भन्दै दङ्ग परेका थिए । बङ्गलाचुली–४ रिभानका खिमबहादुर विक विशेषज्ञ सेवाका लागि पहल गरिनुपर्ने बताउछन् । “अस्पताल बन्दा खुसी थियौँ, तर उपचारका लागि भने अन्यत्रै जानुपर्ने अवस्था छ”, उनले भने ।

सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बङ्गलाचुली गाउँपालिकाको पहलमा रू १० करोडको लागतमा अस्पताल भवन निर्माण भएको हो । स्थानीय शिवराज भण्डारीलेअस्पताल बनेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पालिकाले पहल गर्नुपर्ने बताए ।

अस्पतालमा कार्यरत सिनियर अनमी शारदा चन्दले जनशक्ति नहुँदा स्वास्थ्य चौकीकै मापदण्डअनुरुप काम गर्दै आएको बताए । “पूर्वाधार सबै छ, तर जनशक्तिको व्यवस्थापन हुन सकेको छैन”, उनले भने ।

स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार केही समय अघिसम्म डा वसन्त शाह अस्पतालमा कार्यरत रहे पनि उनी अध्ययनका लागि गएपछि अस्पताल चिकित्सकविहीन भएको हो । दाङका १० मध्ये १५ शय्याको अस्पताल बनेको बङ्गलाचुली पहिलो पालिका हो । बङ्गलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा २०७८ चैत ११ गते पूर्वसभामुख कृष्णबहादुर महराले अस्पतालको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य’
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
कोरोनाबाट नेपालमा एकै दिन ११ जनाको मृत्यु
कोरोनाबाट नेपालमा एकै दिन ११ जनाको मृत्यु
Getting a -mail Order Woman
भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ
भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ
संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने :एमाले
संविधान संशोधनका कुनै पनि बुँदा पारित हुन नदिने :एमाले
उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि
उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि
८८ केजी सुन प्रकरण: यसरी फरार भएका रहेछन् चिनियाँ मालिक
८८ केजी सुन प्रकरण: यसरी फरार भएका रहेछन् चिनियाँ मालिक
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
अध्ययन प्रतिवेदन हस्तान्तरण
अध्ययन प्रतिवेदन हस्तान्तरण

तपाईंले छुटाउनुभयो कि?