भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता
सारांश
- श्रावण २१, २०७४ चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिनु भएको छ ।
- वडा नम्बर २० को २ हजार मत गणना भईसक्दा दाहालले एमालेका उम्मेद्वारी देवी ज्ञवाली भन्दा ५७ मतको अग्रता लिनु भएको हो ।
- पछिल्लो सार्वजनिक मतअनुसार दाहालले ४२ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ ।
श्रावण २१, २०७४ चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिनु भएको छ । वडा नम्बर २० को २ हजार मत गणना भईसक्दा दाहालले एमालेका उम्मेद्वारी देवी ज्ञवाली भन्दा ५७ मतको अग्रता लिनु भएको हो ।
पछिल्लो सार्वजनिक मतअनुसार दाहालले ४२ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका ज्ञवालीले ४२ हजार ५ सय ३२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । गत बैशाख ३१ गते भएको निर्वाचनमा सो वडामा ३ हजार ३ सय २ मत खसेको थियो । अब १ हजार ३ सय २ मत मात्र गन्न बाँकी छ । यस्तै उपप्रमुखमा कांग्रेस उम्मेदवार पार्वती शाहको जित सुनिश्चित भइसकेको छ । उहाँले ४६ हजार ५ सय ८३ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार दिव्य आचार्यले ३९ हजार १ सय ६० मत प्राप्त गर्नु भएको छ ।
आज रातिसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभएको छ । भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ । तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ ।
प्रतिक्रिया