को को बन्दै माओवादी बाट मन्त्री (नामसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
को को बन्दै माओवादी बाट  मन्त्री (नामसहित)

सारांश

  • सत्तारुढ माओवादीले आफ्नो तर्फबाट मन्त्री हुनेको नामावली लगभग टुंग्याएको छ ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।
  • मन्त्रीको नामावली टुंग्याउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो ।

सत्तारुढ माओवादीले आफ्नो तर्फबाट मन्त्री हुनेको नामावली लगभग टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

मन्त्रीको नामावली टुंग्याउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिस अनुसार र केन्द्रीय कार्यालयले अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीले प्रदेश नं. १ बाट शिवकुमार मण्डलको नाम टुंग्याएको छ । नलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनी मोरङ–४ बाट निर्वाचित सांसद हुन् ।

त्यस्तै, प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तय भएको स्रोतको दाबी छ ।

माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने की तनहुँकी आशा खनाललाई मन्त्री बनाउने भन्नेबारे छलफलमै छ । अहिलेसम्म सो प्रदेशका कसैको पनि नाम नपठाइएको स्रोतको भनाइ छ ।

प्रचण्ड नेतृतवको सरकारमा स्थानीय विकास मन्त्री रहेका पाण्डेलाई पछि पशुपंक्षी विकास मन्त्रालय पठाउन खोजिएको थियो । तर उनले अस्वीकार गरेका थिए । राप्रपा अध्यक्ष कमल थापालाई स्थानीय विकास मन्त्रालय दिन पाण्डेलाई अचानक उनलाई हटाइएकोले यसपालि पाण्डेलाइै दोहोर्याउने विषयमा पार्टीमा छलफल छ । तर, पार्टीको तर्फबाट महिलालाई पनि पठाउनुपर्ने भएकोले तनहुँकी खनालको नाम पनि प्रस्ताव भएको छ । आशाले अवसर पाए महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने कार्यदलका एक सदस्यले बताए ।

प्रदेश नं. ५ का कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट मन्त्रालयको जिम्मेवारीमा छन् । त्यस्तै प्रदेश ६ का जनार्दन शर्मा प्रभाकर गृहमा छन् । माओवादीले प्रदेश नं ६ का अर्का सांसद महेन्द्रबहादुर शाहीलाई पनि अवसर दिदैंछ । कालिकोटका सांसद शाहीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचन जितेका, यसअघि मन्त्री नभएकाहरुलाई समावेशी आधारमा मन्त्री छनौट गर्ने पार्टीको नीति रहेको बताइन् । तर को–को मन्त्री बने भन्ने आफुलाई जानकारी नभएको बताइन् ।

नयाँ पत्रिकामा खबर छ–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम
परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
करिब ३ सय प्रहरी हवल्दारको असईमा बढुवा, को को भए नाम सहित
करिब ३ सय प्रहरी हवल्दारको असईमा बढुवा, को को भए नाम सहित
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
सुनको मूल्य फेरी एक लाख नाघ्यो
सुनको मूल्य फेरी एक लाख नाघ्यो
राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति भण्डारी चीन प्रस्थान
भत्ताकै लागि अनुगमन : उपभोक्ता ठग्नेविरुद्व कारवाही शून्य
भत्ताकै लागि अनुगमन : उपभोक्ता ठग्नेविरुद्व कारवाही शून्य