गाउँपालिकाको सेवा लिन तीन दिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
६२ पटक हेरिएको
Shares

सारांश

  • बाबियाचौर, म्याग्दी, ९ वैशाख , अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ ।
  • यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो ।
  • पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हँुदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताउनुभयो ।

बाबियाचौर, म्याग्दी, ९ वैशाख , अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ ।

यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो । पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हँुदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताउनुभयो ।

“चुनावमा सिंहदरबार गाउँमा आएको प्रचार सुनिएको थियो तर अहिले हामीलाई पालिकाको केन्द्रमा पुगेर सेवा लिँदा भारत गएजस्तो भएको छ”, पुर्जाले भन्नुभयो, “कार्यालयमा पुग्दा दरबन्दी अनुसारका पर्याप्त जनशक्तिको अभावले ढिलाइका साथै आर्थिक कारोबारका लागि पुनः सदरमुकाम बेनी पुग्नुपर्दा झन्झट र दुःख भएको छ ।”

नांगी सडक मर्मतको उपभोक्ता समितिकी पदाधिकारी रहनुभएकी पुर्जाले गाउँपालिकामा पुगेर सेवा लिन र घर फर्कन तीन दिन समय लागेको बताउनुभयो । ४२० घरधुरीमा दुई हजार जनसंख्याको बसोबास रहेको यस वडाको नांगी, थावन, राम्चे, काफलडाँडा, धारापानीको बस्तीमा सडक पुगे पनि महभिर गाउँ अझै सडक सञ्जालमा जोडिन सकेको छैन । महभिर र बेनीदेखि पर्वतको जलजला गाउँपालिका हुँदै राम्चेमा सडक पुगे पनि कच्ची र जीर्ण अवस्थाका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन ।

करीब २० किलोमिटर दूरीको महभिर हिस्तान राम्चे सडक साँघुरो, जीर्ण र अप्ठ्यारो हुँदा ट्र्याक्टर बाहेकका सवारी साधन चल्दैनन् । “कच्ची अवस्थाको बेनी मल्लाज राम्चे सडक घुमाउरो छ”, राम्चेका फसबहादुर गर्बुजाले भन्नुभयो, “गाउँपालिकाको केन्द्रमा पुग्न २० देखि २५ हजार रुपैयाँमा जिप रिजर्भ गर्नुपर्छ ।” विकास योजनाको सम्झौता, भुक्तानी र फरफारक गर्न, पालिकाको सेवा लिन सर्वसाधारणदेखि बैठक, सभा तथा कार्यक्रममा सहभागी हुन जाने जनप्रतिनिधिले सास्ती व्यहोर्नु परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
राहत संकलन र वितरण गरे १ लाख जरिवाना र ६ महिना कैद !
राहत संकलन र वितरण गरे १ लाख जरिवाना र ६ महिना कैद !
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
निकोलस भुसाल रिहा
निकोलस भुसाल रिहा
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
संघीयतामा सुरक्षाकर्मीको भूमिका- केन्द्रीय फौजले नियन्त्रण गर्न सक्ने
संघीयतामा सुरक्षाकर्मीको भूमिका- केन्द्रीय फौजले नियन्त्रण गर्न सक्ने
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्