पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, आषाढ २९, २०८३
|
|
२ पटक हेरिएको
Shares
पारिवारिक विरासत धान्ने तयारी: पर्दामा पनि आमा-छोराकै भूमिकामा देखिने सुनिता र यशवर्धन

सारांश

  • बलिउडका स्थापित अभिनेता गोविन्दाकी श्रीमती सुनिता आहूजा र उनका छोरा यशवर्धनले एउटै चलचित्रमार्फत रजतपटमा सँगै डेब्यू गर्ने भएका छन्।
  • बलिउड इतिहासमै पहिलो पटक आमा-छोराले एकैसाथ डेब्यू गर्न लागेको यो फिल्म आगामी सेप्टेम्बरमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।
  • भारतीय सञ्चारमाध्यम एएनआईसँगको कुराकानीमा सुनिताले आफूहरू एकता कपूरले निर्माण गरिरहेको चलचित्रमा देखिन लागेको जानकारी दिएकी हुन्।

बलिउडका स्थापित अभिनेता गोविन्दाकी श्रीमती सुनिता आहूजा र उनका छोरा यशवर्धनले एउटै चलचित्रमार्फत रजतपटमा सँगै डेब्यू गर्ने भएका छन्। बलिउड इतिहासमै पहिलो पटक आमा-छोराले एकैसाथ डेब्यू गर्न लागेको यो फिल्म आगामी सेप्टेम्बरमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

भारतीय सञ्चारमाध्यम एएनआईसँगको कुराकानीमा सुनिताले आफूहरू एकता कपूरले निर्माण गरिरहेको चलचित्रमा देखिन लागेको जानकारी दिएकी हुन्। चाखलाग्दो कुरा के छ भने, वास्तविक जीवनका यी आमा-छोराले चलचित्रको पर्दामा पनि आमा र छोराकै भूमिका निर्वाह गरेका छन्। सुनिताले यसअघि एकता कपूरकै पहलमा नेटफ्लिक्सको एउटा शोमा समेत काम गरिसकेकी छन्।

लामो समयदेखि पर्दाभन्दा बाहिर रहेका सुपरस्टार गोविन्दाका दुई सन्तानमध्ये छोरी टीना आहूजाले सन् २०१५ मै चलचित्र ‘सेकेन्ड ह्यान्ड हजब्यान्ड’बाट बलिउडमा पाइला चालेकी थिइन्। तर, उक्त चलचित्र बक्स अफिसमा असफल भएपछि उनी चर्चाबाट टाढिएकी थिइन्। अब यशवर्धन र आमा सुनिताको यो नयाँ सहकार्यले बलिउडमा कस्तो प्रभाव पार्ने हो, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?