कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।
  • कांग्रेस संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको थियो।

काठमाडौं। नेपाली कांग्रेसका ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्। कांग्रेस संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको थियो। उक्त हस्ताक्षर अभियान सकिएको र रिपोर्ट लेखनको कार्य जारी रहेको कांग्रेस नेता गुरुराज घिमिरेले बताए।

 

नेता घिमिरेले आफूहरुले हस्ताक्षर भोलि (आइतबार) पार्टी कार्यालयमा समय लिएर दर्ता गर्ने तयारी रहेको पनि बताए। ‘हस्ताक्षर अभियानको रिपोर्ट तयार हुँदैछ। ५१ प्रतिशतको हस्ताक्षर हामीसँग प्राप्त भइसकेको छ । भोलि पार्टी कार्यालयसँग समय लिएर दर्ता गर्छौं,’उनले भने।

 

नेपाली कांग्रेसले भोलिकै लागि केन्द्रीय समिति बैठकसमेत आह्वान गरेको थियाे। तर, उक्त बैठक असाेज २८ गतेका लागि सारिएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?